कला


बालेनको ‘जय महाकाली’लाई १२ घण्टामै २२ लाख भ्युज, तोडियो दुर्गेशको रेकर्ड

बालेनको ‘जय महाकाली’लाई १२ घण्टामै २२ लाख भ्युज, तोडियो दुर्गेशको रेकर्ड

नेपालखबर
चैत १३, २०८२ शुक्रबार ८:६, काठमाडौँ

आज (शुक्रबार) प्रधानमन्त्री पदको शपथ खान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को क्रेज राजनीतिमा मात्र होइन, सांगीतिक क्षेत्रमा पनि उत्तिकै छ।

प्रधानमन्त्रीको शपथ ग्रहणको पूर्वसन्ध्यामा बिहीबार सार्वजनिक उनको चर्चित र्‍याप गीत ‘जय महाकाली’ले युट्युबमा नेपाली गीतको इतिहासमै नयाँ कीर्तिमान कायम गरेको छ।

गीतले रिलिज भएको २४ घण्टाभित्रै २२ लाखभन्दा बढी पटक हेरिएर अहिलेसम्मकै सर्वाधिक भ्युज पाउने नेपाली गीतको रेकर्ड राखेको हो। यसअघि यो रेकर्ड दुर्गेश थापा र सिसन बानियाँको सहकार्यमा बनेको ‘जाने भए जाम माया’ को नाममा थियो, जसले २४ घण्टाभित्रै १६ लाख ३६ हजार भ्युज पाएका थिए।

त्यस्तै यो गीत सार्वजनिक भएको मात्र ३ घण्टामा १० लाख भ्युज पार गर्दै सबैभन्दा छिटो १० लाख भ्युज पाउने नेपाली गीत पनि बनेको छ।

‘जय महाकाली’को अडिओ ११ वर्षअघि नै तयार भए पनि यसलाई रि-मास्टरिङ गरेर चुनावी अभियानका दृश्यसहित भिडिओका साथ पुनः सार्वजनिक गरिएको हो।

गीतको भिडओ:

बालेन लहर देखिएका बेला युट्युबमा पनि यो गीतले रेकर्ड धमाधम तोडिरहेको छ।

प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्नुअघि नै बालेनले आफ्नो सांगीतिक पहिचानलाई पुनः ताजा गराएका छन्।

उनी भविष्यमा थप दुई नयाँ गीत पनि ल्याउने तयारीमा छन्।

रास्वपा संसदीय दलका नेता बालेन वैदिक विधिअनुसार आज दिउँसो १२:३४ मा राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री पदको शपथ खाँदै छन्। 

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार शपथग्रहण समारोहमा ७ वटा शंखबाट शंखनाद गरिनेछ भने १०८ वटा बटुकबाट स्वस्ति शान्ति वाचन गरिनेछ। 

यससँगै शपथग्रहण समारोहमा बौद्ध भिक्षुलाई पनि निम्त्याइएको उनको भनाइ छ। समारोहमा १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने उनले बताए।

प्रधानमन्त्रीको शपथ लिएपछि दिउँसो पद बहालीको कार्यक्रम तय गरिएको छ। शुक्रबार दिउँसो २ बजेर १५ मिनेटमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बालेनले पद बहाली गर्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad