भारत उत्तर प्रदेशको मुजफ्फरनगरमा एक कलेजका छात्राले बुर्का र हिजाब लगाएर ‘क्याटवाक’ गरेको विषयमा विवाद बढ्दै गएको छ।
यसको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि मुस्लिम संगठन जमियत उलेमा–ए–हिन्दले ती छात्राले माफी माग्नुपर्ने माग गरेको छ।
जमियत उलेमाका मौलाना मुकर्रम कासमीले विज्ञप्ति जारी गरी आयोजकले मुस्लिम समुदाको भावनालाई भड्काएको आरोप लगाएका छन् भने बुर्का कुनै पनि फेसन शोको हिस्सा नभएको बताएका छन्।
उनले बुर्का वा हिजाब लगाएर ‘र्याम्पवाक’ गर्ने युवतीले माफी माग्नुपर्ने बताएका छन्।
वास्तवमा, आइतबार मुजफ्फरनगरको श्री राम कलेजमा एक फेसन शो आयोजना गरिएको थियो, जसमा धेरै सहभागी बुर्का र हिजाब लगाएर र्याम्पवाक गरेका थिए।
यो घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। त्यसपछि यो विषयमा विवाद सुरु भएको हो।
मुजफ्फरनगर के श्रीराम कॉलेज में बुर्के में कैटवॉक !!
जमीयत उलेमा ने कहा– "बुर्का फैशन का हिस्सा नहीं, ये पर्दे के लिए इस्तेमाल होता है। कॉलेजवाले आइंदा ऐसा न करें"#Muzaffarnagar #Up pic.twitter.com/P8sswuGpPD— Sachin Gupta (@SachinGuptaUP) November 27, 2023
Shares

प्रतिक्रिया