अभिनेत्री स्वस्तिमा खड्काले हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) बाट चर्चामा आएका क्रिकेट खेलाडी विपिन शर्मालाई आइफोन उपहार दिएकी छन्।
एनपीएलमा कर्णाली याक्सबाट शानदार प्रदर्शन गरेको भन्दै स्वस्तिमाले उनलाई महँगो उपहार दिएकी हुन्।
क्रिसमसको अवसर पारेर उनले विपिनलाई आइफोन उपहारसँगै एउटा नोटसमेत पठाएकी छन्।
जसमा लेखिएको छ: प्यारो विपिन भाइ, एनपीएलमा पाएको सफलताका लागि धेरै धेरै बधाई, यो फोन तिम्रो मेहेनत र प्रदर्शनका लागि एउटा प्रशंसाको चिनोको रूपमा रहेको छ। भविष्यका लागि थप सफलताको शुभकामना।
जसलाई विपिनले इन्स्टाग्राममा स्टोरी राख्दै स्वस्तिमालाई धन्यवाद दिएका छन्।
जुन स्टोरीलाई स्वस्तिमाले रिसेयर गरेकी छन्।
स्वस्तिमा नेपाल प्रिमियर लिगमा कर्णाली याक्सको एम्बास्डरसमेत हुन्।
कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट ल्याएका १६ वर्षीय विपिनलाई एनपीएलमा ‘इमर्जिङ प्लेयर’को अवार्ड दिइएको थियो।
Shares

प्रतिक्रिया