मध्य चीनको एक युनिभर्सिटीले विद्यार्थीको हाजिर बढाउन राम्री शिक्षिका राखेको भन्दै आलोचना भएको छ।
अघिल्लो मंगलबार सामाजिक सञ्जालमा ‘परीजस्तै शिक्षिका’ भएकाले अब सधैं युनिभर्सिटी जाने योजनामा रहेको भन्दै एक विद्यार्थीले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
यससँगै विवाद उत्पन्न भएको थियो। युनिभर्सिटीले भने उनको अध्यापन गराउने क्षमताको कारण नै उनलाई काममा राखिएको स्पष्टीकरण दिएको छ।
चाङ थर गरेकी शिक्षिकाले ‘माओ त्सेतुङको विचार’ अध्यापन गराउने युनिभर्सिटीले बताएको छ। उनको कक्षामा पढ्ने सोङ थर गरेका विद्यार्थीले अब यो पूरा सेमेस्टार कक्षामा उपस्थित हुने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। उनको भिडिओ भाइरल भएसँगै यस विषयमा विवाद सुरु भएको हो।
उक्त भिडिओमा प्रतिक्रिया दिँदै एक व्यक्तिले उनी स्मार्ट हुनुका साथै ‘परीजस्तै’ भएको उल्लेख गरेका छन्। चाङ आफ्ना विद्यार्थीरुसँग धेरै अन्तक्र्रिया गर्न रुचाउने र उनको मुस्कानले नै विद्यार्थीमा पढाइप्रति लगाव बढ्ने युनिभर्सिटीले बताएको छ।
चाङको टिकटकमा पनि ४ लाख ३० हजारभन्दा धेरै फलोअर्स छन्। उनले टिकटकमा पनि आफ्नो निजी जीवन झल्काउने किसिमका पोस्ट राख्ने गरेकी छिन्।
केही मानिसले भने उनी राम्री भएकै कारण युनिभर्सिटीले काममा राखेको भन्दै आलोचना गरेका छन्। युनिभर्सिटीले भने उनले हेनान युनिभर्सिटीबाट मास्टर डिग्री गरेको र उनी अध्यापनका लागि सक्षम भएको दाबी गरेको छ। युनिभर्सिटीले उनी आएसँगै उनको कक्षा लिने विद्यार्थीको हाजिरी पनि बढेको बताएको छ।
प्रतिक्रिया