बार टेल्ड गडविट नामक एक पक्षीले नयाँ कीर्तिमान बनाएको छ। यो पक्षीले एकपटक पनि नरोकिई सबैभन्दा लामो दूरी पार गर्ने कीर्तिमान बनाएको हो।
द गार्जियनको रिपोर्टअनुसार पाँच महिनाको उक्त पक्षी अमेरिकाको अलास्काबाट १३ हजार ५६० किलोमिटर कतै पनि रोकिई उडेको हो।
समाचारमा उल्लेख गरिएअनुसार यो दूरी पार गर्न यो पक्षीलाई ११ दिन १ घण्टाको समय लागेको थियो। यससँगै यो चराले एक विश्व कीर्तिमान पनि बनाएको छ।
गत अक्टोबर १३ मा अलास्काबाट हिँड्ने बेला यो चरोको तल्लो भागमा एक स्याटेलाइट ट्याग लगाइएको थियो। जसको नम्बर २३२४६८४ थियो। जुन, यो पक्षीको पहिचान थियो।
वैज्ञानिकले यो ५जी ट्यागलाई ट्र्याक गरेर त्यसबाट पाएको डेटाको आधारमा अध्ययन गरेका थिए। जसअनुसार यो पक्षीले उक्त यात्रा अक्टोबर २५ मा पूरा गरेको थियो।
यो चराले पार गरेको बाटोलाई हेर्दा समग्र यात्रा अवधिभर यो चरा कतै पनि रोकिएको छैन। यसको बाटोमा ओशिनिया, भानुआतु र न्यु केलडोनियाजस्ता टापु पनि फेला परेका थिए। तर चरा उक्त टापुमा पनि रोकिएन र सोझै अष्ट्रेलियाको तास्मानिया पुगेर रोकिएको थियो।
यसअघि सबैभन्दा लामो दूरी कतै नरोकिई पार गर्ने कीर्तिमान ४बीबीआरडब्ल्यूको नाममा थियो। यो चराले सन् २०२० मा अलास्कादेखि न्युजिल्याण्डसम्मको १२ हजार ८५४ किलोमिटरको दूरी पार गर्दै कीर्तिमान कायम गरेको थियो। सोही रुटमा उसले सन् २०२१ मा १३ हजार ५० किलोमिटरको दूरी पार गर्दै आफ्नै रेकर्ड तोडेको थियो।
प्रतिक्रिया