ad ad

रोचक


म्याद नाघेको लाइसेन्स बोकेर गाडी चलाउने १०३ वर्षीया वृद्धालाई जरिवाना

म्याद नाघेको लाइसेन्स बोकेर गाडी चलाउने १०३ वर्षीया वृद्धालाई जरिवाना

नेपालखबर
चैत २, २०८० शुक्रबार १४:४०,

इटलीको प्रहरीले एक १०३ वर्षीया सवारी चालक महिलालाई जरिवाना तिराएको छ। म्याद गुज्रेको लाइसेन्स लिएर बिमा नगरिएको कार चलााउँदै गर्दा उनी समातिएकी थिइन्।

बोन्देनो नामक १३ हजार बासिन्दा रहेको सानो सहरमा राति १ बजे कसैले खतरनाक तरिकाले गाडी चलाइरहेको भन्दै प्रहरीलाई फोन गरेको थियो।

सो क्षेत्रमा प्रहरी खटाइयो। प्रहरीले चालकलाई समाते पनि। तर, उनको जन्ममिति देखेर प्रहरीहरु चकित परे।

जोसेफिना मोलिनारी नामक ती महिला १९२० मा जन्मेकी थिइन्। साथीहरु भेट्न भनेर हिँडेकी उनी बाटो अलमलिएकी थिइन्।

उनको चालक अनुमति पत्रको म्याद दुई वर्षअघि नै गुज्रेको थियो। 

इटलीमा ८० नाघेका सवारी चालकलाई दुई वर्षे म्याद भएको लाइसेन्स लिन हरेक पटक स्वास्थ्य परीक्षण गर्नुपर्छ।

उनलाई जरिवाना तिराएर प्रहरीले घर पुर्‍याइदिएको थियो।

‘अब म वेस्पा किन्छु। त्यतिन्जेललाई साइकल चढेर साथीहरुलाई भेट्न जान्छु,’ उनले स्थानीय पत्रिकासँग भनेकी छन्।

सो सहरका मेयरले चाहिँ उनको प्रशंसा गरेका छन्।

‘म भए उनलाई जरिवाना होइन, तक्मा दिन्थेँ,’ मेयर एलन फाब्रीले फेसबुकमा लेखेका छन्, ‘त्यस्तो आन्तरिक शक्ति सामान्य कुरा होइन। यसले मलाई आफ्नै बुढ्यौलीप्रति पनि आशा जगाएको छ।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .