ad ad

गण्डकी


बागलुङबाट प्रदेशतर्फ कांग्रेसका डिल्लीराम र द्रोण विजयी

बागलुङबाट प्रदेशतर्फ कांग्रेसका डिल्लीराम र द्रोण विजयी

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार २२:२९, पाेखरा

बागलुङको क्षेत्र नम्बर १ को ‘ख’ बाट कांग्रेसका युवा नेता डिल्लीराम सुवेदी विजयी भएका छन्। निर्वाचन आयोगले औपचारिक घोषणा नगरे पनि प्रतिस्पर्धी एमालेका नवराज पौडेललाई भारी मतान्तरले पराजित गरेका हुन्। 

यस्तै, बागलुङको क्षेत्र नम्बर २ को ‘ख’ बाट पनि कांग्रेसका द्रोणकुमार कुँवर विजयी बनेका छन्। उनले एमालेका लक्ष्मण पुन मगरलाई पराजित गरेका हुन्। यद्यपि, निर्वाचन कार्यालयले यसको आधिकारिक पुष्टि गरेको छैन।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभाको केही मत प्रतिनिधिसभाको बाकसमा परेको र त्यो मतलाई नि गणनामा समावेश गरिने सहमति भएकाले नतिजा सार्वजनिक नगरिएको हो। त्यहाँ प्रतिनिधिसभाको मतगणना जारी छ। 

 २०५३ मा जनता मावि नारायणस्थानको इकाइ अध्यक्षबाट राजनीति थालेका डिल्लीराम २०६० सालमा काठमाडौं शिक्षा क्याम्पसको इकाइ अध्यक्ष र २०६२ मा स्ववियू सभाति बनेका थिए। नेविसंघको केन्द्रीय उपाध्यक्ष र गण्डकी प्रदेश संयोजकको भूमिकासमेत निर्वाह गरेका उनी  कांग्रेसको २०७२ र २०७८ मा सम्पन्न महाधिवेशनबाट केन्द्रीय प्रतिनिधि चयन भए।

नेपाली कांग्रेसका महामन्त्री गगन थापानिकट रहेका डिल्लीरामलाई गगन र डा।स्वर्णीम वाग्लेले मत मागिदिएका थिए। स्वर्णीम बागलुङ नै पुगेर सुवेदीको पक्षमा खुले भने गगनले सामाजिक सञ्जालमार्फत् उनलाई जिताउन आग्रह गरे। 

त्यसो त, डिल्लीराम स्वयं पनि राजनीतिका अलावा सामाजिक कार्यले बागलुङमा लोकप्रियता हासिल गरेका युवा नेता हुन्। २०७२ सालको भूकम्पपछि ‘मिलेर बनाऊँ विद्यालय’ अभियान लिएर उनी गाउँगाउँ पुगे। उनकै अगुवाइमा २ सय विद्यालयको पुनर्निर्माण भएको कांग्रेसीहरु बताउँछन्।

‘उनी बाढीपहिरोको बेला मायाले भरिएको बाल्टी बोकेर मधेश झरे भने शिक्षाको लागि राष्ट्रिय अभियानको अध्यक्ष भएर शैक्षिक क्षेत्रमा पनि ठूलै योगदान गरेका छन्’,ती नेताले भने,‘ कोभिडको बेला उनको सक्रियता उस्तै लोभलाग्दो थियो। उनी बागलुङबाट प्रधानमन्त्री बन्नसक्ने सम्भावनायुक्त हुन्।’ 
 
अंग्रेजी र समाजशास्त्रमा स्नातकोत्तर गरेका सुवेदीले यो चुनावमा समुन्नत  र सम्मानित बागलुङ बनाउने योजना अगाडि सारेका थिए। त्यो नाराले काम गर्यो।

गठबन्धनबाट उम्मेदवार बनेका सुवेदीले यही गएको साउनमा कांग्रेस छाडेर एमालेमा लागेका तथा अहिले प्रदेशसभा सदस्यमा प्रतिस्पर्धी बनेका नवराज पौडेललाई सजिलै पराजित गरे। कतिसम्म भने नवराजकै घर भएको वडामा पनि उनले बाजी मारे। डिल्लीलाई गण्डकी प्रदेशको सम्भावित मन्त्रीको रुपमा हेएिको छ। 

क्षेत्र नं २ को २ मा फराकिलो मत अन्तर पारेका द्रोण कुँवर पनि युवा नेतामा पर्छन्। पूर्वक्षेत्रीय सभापति, हाल महाधिवेशन प्रतिनिधि रहेका कुँवर जनस्तरमा भिजेका मानिन्छन्। केन्द्रमा सभापति शेरबहादुर देउवा निकट मानिने द्रोणसँग भिडेका लक्ष्मण यसअघि वडाध्यक्ष थिए।

पिता नै पूर्वजनप्रतिनिधि रहे पनि त्यसको फाइदा उनलाई प्राप्त भएन। एउटै वडावासीबीचको भिडन्तमा द्रोण अब्बल सावित भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .