गण्डकी


मुख्यमन्त्रीसमक्ष कारागार अनुगमन प्रतिवेदन पेस

मुख्यमन्त्रीसमक्ष कारागार अनुगमन प्रतिवेदन पेस

फाइल।


नेपालखबर
मंसिर १३ , काठमाडौँ

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाले कारागार अनुगमन प्रतिवेदन पेस गरेका छन्।

प्रदेशभित्रका हिरासत थुनुवा कक्ष तथा कारागारमा रहेका थुनुवा तथा कैदीउपर मानवोचित व्यवहार भए नभएको सम्बन्धमा निरीक्षण गरी सोसम्बन्धी प्रतिवेदन तयार गरी सम्बन्धित निकायलाई आवश्यक सुझाव प्रदान गर्ने व्यवस्थाअनुसार मुख्य न्यायाधिवक्ता बास्तोलासहितको समूहले कारागार अनुगमन गरेको थियो। 

विभिन्न जिल्लास्थित हिरासत कक्ष र कारागार अनुगमन गरी त्यहाँको भौतिक संरचना, थुनुवा तथा कैदीबन्दीहरूको सङ्ख्या, स्थिति, स्रोत साधनको उपलब्धता तथा अन्य समस्याका बारेमा छलफल गरी प्रतिवेदन तयार पारिएको बास्तोलाले बताए।

अघिल्लो वर्ष उक्त कार्यालयले गोरखा, बागलुङ र कास्की जिलाका हिरासत तथा कारागार अनुगमनको प्रतिवेदन बुझाएको थियो। चालु आवमा तनहुँ, लमजुङ, म्याग्दी र मुस्ताङ जिल्लाका हिरासत तथा कारागार र कास्कीको सराङकोटस्थित बाल सुधारगृह निरीक्षणको प्रतिवेदन बुझाइएको हो।

कारागारहरूमा साँघुरो संरचनामा धेरै कैदीबन्दी राखिएको, स्वास्थ्यकर्मीको पदपूर्ति नगरिएको, आवतजावतका लागि गाडी अभाव रहेको प्रतिवेदनमा उल्लेख छ। अदालती प्रक्रियाका बारेमा कैदीबन्दीको अलि बढी गुनासो छ। 

मनोरञ्जनका लागि कुनै व्यवस्था नरहेको, पुस्तकालयमा पत्रपत्रिका र पुस्तक उपलब्ध नरहेको, शौचालय पर्याप्त नहुनाका साथै कमजोर सरसफाइ रहेको प्रतिवेदनमा उल्लेख छ। 

समयानुकूल सिदाखर्च नपाएको, कैदीबन्दीलाई मुढा बुन्नेबाहेक अन्य सीपमूलक तालिमको उचित व्यवस्था नभएको गुनासो आएको मुख्य न्यायाधिवक्ता बास्तोलाले बताए।

मुख्यमन्त्री पोखरेलले मेहनतका साथ कारागार अनुगमन गरी प्रतिवेदन बुझाइएको बताउँदै देखिएका समस्या समाधानमा प्रदेश सरकारले सक्दो प्रयास गर्ने बताए। रासस

मंसिर १३, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.