ad ad

गण्डकी


नवलपरासीमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते

नवलपरासीमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते

नेपालखबर
मंसिर २२, २०७९ बिहिबार ७:५७, त्रिवेणी

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलानजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएका हुन्। 

बागलुङबाट भैरहवाका लागि छुटेको लु१ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु२ख ८९३ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताए। 

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ।

बसमा ३० जना सवार रहेकामा अन्य यात्रु भने सकुशल रहेको पाठकले बताए। 

बस र ट्रक ठोक्किएपछि अहिले उक्त स्थानमा एकतर्फी मात्रै यातायात सञ्चालन भएको छ।

दुर्घटनामा परेका सवारीसाधन हटाएपछि मात्र दुईतर्फी यातायात सञ्चालन हुने उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .