ad ad

गण्डकी


पाटाको शिखर सम्मेलन तथा एडभेञ्चर मार्ट पोखरामा

पाटाको शिखर सम्मेलन तथा एडभेञ्चर मार्ट पोखरामा

नेपालखबर
चैत ८, २०७९ बुधबार २०:५३, पोखरा

प्यासिफिक एसिया ट्राभल एसोसिएसनको वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर ट्राभल मार्ट पोखरामा हुने भएको छ।

चालु अंग्रेजी वर्षको मे २९ देखि जुन एकसम्म हुने सो सम्मेलनको संयोजक पोखरा पर्यटन परिषदले गर्नेछ। 

सम्मेलन सफल बनाउन नेपाल पर्यटन बोर्डका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उडडयन मंत्रालयका सचिवको अध्यक्षतामा मुल आयोजक समिति गठन गरिएको छ भने।

ट्रेकिङ एजेन्ट एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ (एनएमए), होटल एसोसिएसन अफ नेपाल (हान) लगायतका पर्यटन व्यवसायीका छाता संगठनका अध्यक्षहरु सदस्य रहने पाटाका महासचिव सुमन पाण्डेले जानकारी दिए। 

शिखर सम्मेलनमा १५ देशका गन्तव्य प्रमुखहरू सम्मिलित पाटा कार्यकारी बोर्ड सदस्यहरूको सहभागिता रहने छ भने एडभेन्चर ट्राभल मार्टमा विश्वभरका करिब ३ सय अन्तर्राष्ट्रिय प्रतिनिधिहरुको सहभागिता रहने उनले अनुमान पेश गरे।

सो अवसरमा अन्तर्राष्ट्रिय ट्राभल उद्योगका ख्यातिप्राप्त वक्ताहरुले दीगो पर्यटन, संकट व्यवस्थापन, हवाइ सुरक्षा, सामाजिक सञ्जाल, साहसिक र पर्वतीय पर्यटनलगायतका विषयमा आयोजना हुने कन्फरेन्समा विज्ञहरु, व्यवसायीहरु संचारकर्मीहरु माझ गहन छलफल तथा प्रस्तुतिकरण गरिने छ,’उनले भने। 

कोभिड १९ पछि उठ्दै गरेको नेपालको समग्र पर्यटन क्षेत्र पोखरा र गण्डकी प्रदेशको पर्यटनको लागि यो कार्यक्रम कोशेढुंगाको साबित हुने पनि उनको जिकिर थियो।

कार्यक्रममा नेपाली तथा अन्तर्राष्ट्रिय व्यापारलाई एउटै प्लेटफर्ममा भेला हुने र काम गर्ने अवसर सिर्जना गर्ने अवसर प्रदान गर्दै २ दिनसम्म विशेष व्यापार–व्यवसाय सत्र सञ्चालन हुने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .