गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सस्तो लोकप्रियताका लागि आलोचना गर्ने पार्टीमात्रै भएको प्रतिक्रिया दिएका छन्।
सोमबार जिल्ला समन्वय समितिको आयोजनामा भएको छैठौं जिल्ला समन्वय परिषदमा बोल्दै खगराजले रास्वपाप्रति असन्तुष्टि पोखेका हुन्।
रास्वपाबाट संघीय सांसद बनेका शिव नेपालीले रास्वपा राष्ट्र निर्माणका लागि आएका कारण राष्ट्र निर्माण गर्ने व्यक्तिहरुले मात्रै आफूलाई चिन्ने तर अन्यले नचिनेका कारण आफू चिनिन आएको बताएका थिए।
नेपाली रास्वपाबाट समानुपातिकका संघीय सांसद हुन्। उनी कास्कीमै पनि अहिलेसम्म परिचित छैनन्।
मुख्यमन्त्री अधिकारीले सांसद नेपालीको भनाइ समाते।
‘अहिले आलोचना गरेर सस्तो लोकप्रियता पाइन्छ भन्ने प्रवृत्ति छ। नयाँ दलले पुराना दललाई फेर्छ कि भनेको नयाँमा झन् समस्या देखियो’ नेपालीतर्फ संकेत गर्दै एमाले संगठन विभाग प्रमुखसमेत रहेका मुख्यमन्त्रीलेभने,‘अपरिपक्व त म भन्दिन तर समस्या ब्यापक देखियो। अस्थिरतामा रमाउँदा देशलाई गाह्रो हुन्छ।’
प्रतिक्रिया