गण्डकी


बलियो राष्ट्रिय शक्ति बनाउन कम्युनिस्टहरू मिल्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ

बलियो राष्ट्रिय शक्ति बनाउन कम्युनिस्टहरू मिल्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ

तस्बिर : नेपालखबर


नेपालखबर
माघ ८, २०८० सोमबार १२:८, गोरखा

न‍ेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बलियो राष्ट्रिय शक्ति निर्माणका लागि कम्युनिस्टहरू मिल्नुपर्ने बताएका छन्। 

गोरखाको अजिरकोट गाउँपालिका–४ गोगनपानीमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा गुरुङले कम्युनिष्टहरू मिल्नुपर्नेमा जोड दिएका हुन्। 

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले देशको विकास र समृद्धिको लागि बलियो शक्ति आवश्यक रहेको बताए। 

‘बलियो शक्ति बनाउन कम्युनिस्टहरू विभाजित भएर हुँदैन’, उनले भने, ‘अब देशका कम्युनिस्ट एक भएर बलियो राष्ट्रिय पार्टी निर्माण गर्नुपर्छ।’

त्यसो भए मात्रै मिसन २०८४ सफल हुने गुरुङले बताए। गुरुङले अब विभाजित गन्तव्यमा नपुगिने बताए। 

उनले सबैलाई नेकपा एमालेको छातामा एकत्रित हुन पनि आह्वान गरे। त्यसो गरिए मात्र समाजवादको बाटोमा अघि बढ्न सकिने उनले प्रष्ट पारे। 

यसैबीच गोरखाका विभिन्न पार्टी परित्याग गरी नेता-कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन्। 

उनीहरूलाई एमालेका उपमहासचिव गुरुङले टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .