गण्डकी


पोखराको पीएन क्याम्पसमा ११ बजेपछि मतदान हुने

पोखराको पीएन क्याम्पसमा ११ बजेपछि मतदान हुने

वाशुदेव मिश्र
चैत ५, २०८१ मंगलबार ११:०, पोखरा

९ हजार २ सय ७० मतदाता भएको पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको मतदान प्रक्रिया ११ बजेपछि सुरु हुने भएको छ।

समानुपातिक निर्वाचन प्रणालीमा अखिल (छैटौँ) को अध्यक्षको नाम रहेको तर मतदानको लागि कोष्ट नभएको भन्दै सो संगठनले आपत्ति जनाएपछि बिहान ८ बजेबाट सुरु हुने भनिएको चुनाव रोकिएको थियो।

अखिल छैँटौँबाट मिलन सुनार चुनावी मैदानमा छन्। उनको उम्मेदवारीप्रति निर्वाचन समितिको बैठकमा नै जातीय रूपले अभद्र टिप्पणी गरिएको र समानुपातिक मतपत्रमा पनि कोष्ट नराखिएको भन्दै सो संगठनका अध्यक्ष सोमनाथ अधिकारीले यथास्थितिमा चुनाव हुन नसक्ने बताएका थिए।

लगत्तै बसेको सर्वपक्षीय बैठकले गल्ती सच्याउने सहमति जुटाएपछि चुनाव सुनिश्चित भएको हो।

पृथ्वीनारायण क्याम्पसको स्ववियुको २२औँ अध्यक्ष बन्न अखिल छैटौँका मिलनसहित ८ जना चुनावी मैदानमा छन्।

स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी)बाट नविन अधिकारी, प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट दिप्सन गुरूङ, नेपाल विद्यार्थी संघबाट सुशील न्यौपाने, संयुक्त प्यानलबाट सन्तोष पौडेल, अनेरास्ववियुबाट विष्णु पोखरेल उम्मेदवार छन्।

कमल सुवेदी र विप्लवी न्यौपाने स्वतन्त्र उम्मेदवारको रूपमा मैदानमा रहेका निर्वाचन अधिकृत प्रा.डा. रामचन्द्र पोखरेलले जानकारी दिए।

समानुपातिकतर्फ अखिल (क्रान्तिकारी), अनेरास्ववियू, प्राज्ञिक विद्यार्थी परिषद्‌ नेपाल, अखिल (छैटौँ), अखिल (क्रान्तिकारी) वैद्य, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (समाजवादी) र नयाँ शक्ति विद्यार्थी युनियनले उम्मेद्वारी दिएका छन्।

यहाँको वन विज्ञान अध्यन संस्थान, इन्जिनियर क्याम्पस र नर्सिङ क्याम्पसमा मतदान भइरहेको छ।

इन्जिनियरिङमा नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्ष गेटमा अनसनमा बसे पनि मतदान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad