ad ad

गण्डकी


बालिका बलात्कार गर्दा साढे १८ वर्ष जेल, ६ लाख जरिवाना

बालिका बलात्कार गर्दा साढे १८ वर्ष जेल, ६ लाख जरिवाना

नेपालखबर
असार २४, २०८० आइतबार २०:१४, तनहुँ

तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी कसुरमा १८ वर्ष ६ महिना कैद फैसला सुनाएको छ। जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आज व्यास नगरपालिका–१० निवासी यमबहादुर विकविरुद्ध उक्त फैसला सुनाएको हो। 

यही असार १३ गते मुद्दा फैसला भएकोमा आज सजाय निर्धारण भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। अदालतले कुँवरलाई रु ६ लाख जरिवाना र रु १५ हजार क्षतिपूर्ति बुझाउने समेत फैसला गरेको छ। 

निजविरुद्ध विसं २०७८ असार ८ गते परिवर्तित नाम २०७७/७८ ट कुमारी वादीद्वारा तनहुँ जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको थियो। चौध वर्षीया बालिकालाई २०७७ मङ्सिर १५ गते जबरजस्ती करणी र २०७८ जेठ १३ गते गर्भपतन गराएको अभियोगमा प्रहरीले विकलाई पक्राउ गरेको थियो। अभियुक्तले बालिकालाई २०७७ मङ्सिर १५ र त्यसपछि पटक–पटक बलात्कार गरेको उजुरी परेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .