ad ad

ग्लोबल


बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा आक्रमण, सातजनाको मृत्यु

बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा आक्रमण, सातजनाको मृत्यु

नेपालखबर
कात्तिक ५, २०७८ शुक्रबार १३:४०, काठमाडौँ

बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा भएको आक्रमणमा सातजनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार बंगलादेश–म्यानमार सीमाक्षेत्रमा रहेको शरणार्थी शिविरमा उक्त आक्रमण भएको हो।

बंगलादेशको प्रहरीले दिएको जानकारीअनुसार आक्रमणमा मृत्यु हुनेमध्ये केहीलाई गोली प्रहार गरिएको थियो भने अन्यमाथि चक्कु प्रहार गरिएको थियो। 

आक्रमणमा चार जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भन तीन जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले यो घटनामा कति मानिस घाइते भएका छन् भन्ने जानकारी भने दिएको छैन। 

‘हामीले एक आक्रमणकारीलाई यो घटना भएपछि तत्कालै पक्राउ गरेका छौं’, क्षेत्रीय प्रहरी प्रमुख शिहब काइसर खानले भने।

उनका अनुसार पक्राउ परेका मानिससँग एउटा बन्दुक र एउटा चक्कु पनि बरामद गरिएको छ। तीन साताअघि रोहिंग्या समुदायका नेता मोहिबुल्लाहको उनकै कार्यालयअघि गोली हानी हत्या भएको थियो। 

पछिल्लो हत्या तथा आक्रमणका घटनापछि बंगलादेशका गृहमन्त्री असदुज्जामन खान कमालले कोक्स बजारस्थित रोहिंग्या शिविरमा सुरक्षा व्यवस्था बढाइने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .