ग्लोबल


अमेरिकी राष्ट्रपति पदकी प्रत्यासी वारेनले नेपाली महिलाको विषयमा यसो भनिन्

अमेरिकी राष्ट्रपति पदकी प्रत्यासी वारेनले नेपाली महिलाको विषयमा यसो भनिन्

नेपालखबर
कात्तिक १९, २०७६ मंगलबार ४:४३,

डेमोक्र्याटिक पार्टीकी सिनेटर एलिजाबेथ वारेनले नेपाली महिलाहरुको समाचार सेयर गर्दै आफू अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भए विश्वभरका महिलाको प्रजजन् स्वास्थ्यमा असर पार्ने गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले नीति परिवर्तन गरे बताएकी छिन्।

राष्ट्रपति ट्रम्पको नीतिको कारण नेपाली महिलाहरुको प्रजजन् स्वास्थ्यमा पारेको असर विषयमा समाचार ट्विटरमा शेयर गर्दै वारेनले ट्रम्पका नीतिको कारण विश्वभरका महिला असर परेको बताएकी हुन्।

त्यसलाई आफू राष्ट्रपतिमा निर्वाचिन भए परिवर्तन गर्ने उनको भनाइ छ।

द काठमाडौं पोस्ट र बजफिड न्युजको समाचार सेयर गर्दै वारेनले ‘ट्रम्प प्रशासनले ग्लोबल ग्याग रुलको विस्तारको विश्वभर विनासकारी प्रभाव परेको छ, दशौँ लाखले सुरक्षित प्रजनन् स्वास्थ्य पाउन सकेका छैनन्। जब म राष्ट्रपति हुन्छ, म ग्लोबल ग्याग रुल परिवर्तन उल्ट्याइदिन्छु,’ ट्वीट गर्दै उनले भनिने छिन्।

ग्लोबल ग्याग रुल अमेरिकी सहयोग प्राप्त गर्ने गैर सरकारी संस्थालाई गर्भपतन गराउने वा रेफर गर्ने, गर्भपतन सम्बन्धी अभियान सञ्चालनको समर्थन गर्न गैर सरकारी संस्थालाई रोक्ने कानुन हो।

रोनाल्ड रिगन अमेरिकाको राष्ट्रपति भएपछि सन् १९८४ मा यो कानुन ल्याएका थिए।

यसलाई प्रत्येक राष्ट्रपति निर्वाचित भएपछि निरन्तरता दिन वा उल्टाउने अधिकार हुन्छ।

रिपब्लिकनहरुले जित्दा यो कानुन लागू हुन्छ र डेमोक्र्याट राष्ट्रपति निर्वाचित भए यो कानुन उल्टाउने गरेका छन्।

म्यासाच्युसेटकी सिनेटर वारेन डेमोक्र्याटिक पार्टीको आन्तरिक प्रतिस्पर्धामा पहिलो नम्बरमा छिन्।

पछिल्लो पटक सार्वजनिक गरिएको मत सर्वेक्षणमा उनी पूर्व उपराष्ट्रपति जो बाइडन र सिनेटर बर्नी स्यान्डर्स भन्दा अघि रहेकी छिन्।

बाइडन युक्रेनको विषयमा विवादमा मुछिए भने स्यान्डर्सको स्वास्थ्यका कारणले धेरैले वारेन राष्ट्रपति ट्रम्पविरुद्धको प्रत्याशी हुने अनुमान गरेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad