ad ad

ग्लोबल


अफगानिस्तानको काबुलमा विष्फोट, तीनजनाको मृत्यु

अफगानिस्तानको काबुलमा विष्फोट, तीनजनाको मृत्यु

नेपालखबर
असोज ६, २०७९ बिहिबार ११:१४, काठमाडौँ

अफगानिस्तानको राजधानी सहर काबुलमा भएको एक विष्फोटमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ।  

घटनामा परी थप १३ जना मानिस घाइते भएका छन्। काबुल प्रहरी प्रमुखलका लागि तालिबानले नियुक्त गरेको प्रवक्ता खालिद जादरानका अनुसार यो विष्फोट पश्चिमी देशमाजंग क्षेत्रस्थित एक रेष्टुरेन्टमा भएको हो। 

विष्फोटबारे अनुसन्धानको लागि एक टोली उक्त क्षेत्रमा खटाइएको छ।

अहिलेसम्म यो विष्फोटको कुनै पनि संगठनले जिम्मेवारी लिएको छैन।

अफगानिस्तानमा गत वर्षको अगष्टमा तालिबान सत्तामा आएसँगै इस्लामिक स्टेटको क्षेत्रीय संगठन इस्लामिक स्टेट इन खुरासन प्रान्तले देशभरका मस्जिद तथा अल्पसंख्यकमाथि आक्रमण बढाएका छन्। 

अफगानिस्तानमा तालिबानको सरकारको लागि आईएससँग लड्नु ठूलो चुनौतीको रुपमा देखिएको छ। तालिबानले पनि आईएसविरुद्धको आक्रमण तीव्र पारेको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .