ग्लोबल


मेक्सिकोमा शक्तिशाली भूकम्प

मेक्सिकोमा शक्तिशाली भूकम्प

नेपालखबर
असोज ६ , मेक्सिको सिटी

मेक्सिकोमा बिहीबार शक्तिशाली भूकम्प गएको छ। ६.९ म्याग्निच्युड मापन गरिएको यस भूकम्पको केन्द्रबिन्दु पश्चिमी राज्य मिचोआकानको कोलकोमानबाट ८४ किलोमिटर दक्षिणमा प्रशान्त महासागरको तटनजिक रहेको राष्ट्रिय भूकम्प विज्ञान निकायले जनाएको छ। 

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले ६.८ म्याग्निच्युड अनुमान गरेको छ।

यसअघि सोमबार मिचोआकानमा गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा दुई जनाको मृत्यु भएको थियो।मेक्सिको सिटीमा सयौं किलोमिटर टाढा हजारौं भवनमा क्षति पुर्याएको थियो। 

स्थानीय समयानुसार बिहीबार बिहान १ः१६ प्रारम्भिक चेतावनी अलार्म बजेपछि मानिसहरूले आफ्नो घरहरू खाली गर्न थालेका थिए। मेक्सिको सिटीका मेयर क्लाउडिया सेनबाउमले आधिकारिक हेलिकप्टरहरू सहरमा उडेको र कुनै पनि क्षतिको प्रारम्भिक रिपोर्ट नरहेको बताएका छन् । भूकम्पपछि सहरमा अहिलेसम्म कुनै क्षति भएको छैन,’ उनले ट्विट गरेका छन्।

राष्ट्रिय भूकम्प विज्ञान एजेन्सीकाअनुसार भूकम्प १२ किलोमिटर गहिराइमा परेको थियो, यद्यपि यूएसजीएसले मेक्सिको सिटीबाट ४१० किलोमिटर टाढा रहेको २४ किलोमिटर गहिराइ रहेको अनुमान गरेको छ।

सन् १९८५ र २०१७ मा गएको दुईवटा घातक भूकम्पको वार्षिकोत्सवमा मेक्सिको सिटीमा लाखौं मानिसले आपतकालीन अभ्यासमा भाग लिएको एक घण्टाभन्दा कम समयमै सोमबारको भूकम्प आएको थियो।

सन् १९८५ सेप्टेम्बर १९ मा गएको ८.१ म्याग्निच्युडको भूकम्पले १० हजारभन्दा बढी मानिसको ज्यान गएको थियो र सयौं भवन ध्वस्त भएका थिए।  सन् २०१७ मा ७.१ म्याग्निच्युडको भूकम्पमा परी करिब तीन सय ७० व्यक्तिको मृत्यु भएको थियो। सो भूकम्पमा परी मारिएका व्यक्तिहरु प्राय: राजधानी सहरका थिए। रासस/एएफपी 

असोज ६, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad