ad ad

ग्लोबल


रुसले क्षेप्यास्त्र आक्रमण तीव्र पारेपछि युक्रेनले माग्यो यस्ता हतियार

रुसले क्षेप्यास्त्र आक्रमण तीव्र पारेपछि युक्रेनले माग्यो यस्ता हतियार

नेपालखबर
असोज २६, २०७९ बुधबार २२:६, काठमाडौँ

रूस–क्राइमिया जोड्ने पुलमा भएको विस्फोटनपछि युक्रेनविरुद्ध रूसले क्षेप्यास्त्र आक्रमणलाई तीव्रता दिएको छ । सोसँगै युक्रेनमा दर्जनौँको मृत्यु भएको छ । 

फेब्रुअरीमा एकतर्फी आक्रमण थालेयता रुसले दुई दिन अघिदेखि क्राइमिया पुल विस्फोटनको बदला लिन थालेको हो । सोसँगै युक्रेनले पनि रुसी आक्रमण सामना गर्न पश्चिमा देशसँग अत्याधुनिक हतियार प्रणालीको याचना गरेको छ । 

पछिल्लो रुसी आक्रमणपछि युक्रेनको अपेक्षित हतियार सूचीमा एकैपटक धेरै रकेट आक्रमण गर्नेसक्ने प्रणाली आफूलाई चाहिएको बताएको हो । यसपछि उसले आर्टिलरी र हवाइ प्रतिरक्षालाई जोड दिएको छ । युक्रेनका रक्षामन्त्रीले बुधबार ब्रसेल्समा आयोजित छलफलमा ती हतियार एकदमै आवश्यक भएको बताएका हुन् । 

ब्रसेल्समा बुधबार रक्षामन्त्रीहरुको यस विषयमा छलफल भएको थियो । त्यसमा कसरी युक्रेनलाई सहयोग गर्न सकिनेबारे छलफल भएको थियो । युक्रेनले यसबारे सहयोगी राष्ट्रसँग आवश्यक हतियारबारे जानकारी गराएको थियो । 

उसले उत्तर एटलान्टिक सैन्य संगठन (नाटो)लाई जस्तै मल्टिपल लन्च रकेट सिस्टम्स (एमएलआरएस)लगायतबारे अवगत गराएको थियो । यसबाहेक उसले आर्टिलरी, होवित्जरलगायतको आवश्यकता औँल्याएको छ । उसले १५५ एमएम, १५२ एमएम र १२२ एमएमको हतियार मागेको छ । 

युक्रेनले हवाइ रक्षा प्रणालीलाई तेस्रो प्राथमिकतामा राखेको छ । त्यसमा क्षेप्यास्त्रहरु समावेश छन् । यसले युक्रेन पश्चिमा देशको हतियारतर्फ थप आकर्षित भएको देखिएको छ । उसले हवाइ प्रतिरक्षा प्रणालीमा एस–३०० र एसए–११ लाई जोड दिएको छ । 

पछिल्लो समय रुसले इरानी ड्रोनको प्रयोग गरेको छ । अन्य प्राथमिकतामा राडारहरु, तटीय प्रतिरक्षात्मक हतियार, ट्यांक र विद्युतीय युद्ध सामग्री रहेका छन् ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .