ट्विटर खरिदको अनेक चर्चाबीच टेस्लाका सीईओ एलन मस्क बुधवार अमेरिकास्थित ट्विटरको मुख्यालय पुगेका छन्।
उनले ट्विटर मुख्यालय पुगेपछि एक भिडिओ पनि सेयर गरेका छन्, जुन अहिले भाइरल भइरहेको छ।
उनी आफ्नो हातमा सिन्क (बेसिन) बोकेर ट्विटरकोके मुख्यालयमा पुगेका थिए।
उनले आफ्नो यो भिडिओ सेयर पनि गरेका छन्।
यसका साथै मस्कले आफ्नो ट्विटर बायो पनि परिवर्तन गरेका छन्। उनले आफ्नो बायोमा 'चिफ ट्विट' लेखेका छन्।
— Elon Musk (@elonmusk) October 26, 2022Entering Twitter HQ – let that sink in! pic.twitter.com/D68z4K2wq7
जसका कारण ट्विटर किनबेचलाई लिएर कयौँ किसिमको अड्कलबाजी सुरु भएको छ।
यसअघि जुलाई महिनामा सबै कुरा टुंगिसकेको अवस्थामा एलन मस्कले नै ट्विटर खरिद सम्झौताबाट पछि हटेको घोषणा गरेका थिए।
त्यसपछि सामाजिक सञ्जाल कम्पनी ट्विटरका प्रमुखले ४४ अर्ब डलरको सम्झौता पूरा गराउन आफू अदालत जाने बताएका थिए।
तर यसै महिना फेरि एक पटक मस्कले ट्विटर किन्ने प्रक्रियालाई अघि बढाउने बताएका थिए।
अदालतको सुनुवाइ शुरू हुन केही साता मात्रै बाँकी छ। त्यसभन्दा अघि नै मस्कले ट्विटरसँग भएको सम्झौता अघि बढाउने घोषणा गरेका छन्।
एलन मस्कले आफ्नो पहिलो वक्तव्यमा ट्विटरमा व्यापक परिवर्तन आवश्यक रहेको बताएका थिए।
हालै मात्र सार्वजनिक एक समाचारअनुसार मस्कले यदि ट्विटर किनेमा कयौँ कर्मचारीको जागिर जान सक्ने उल्लेख गरिएको थियो।
उनले ट्विटर खरिदका लागि तयार भएको समयमा स्पम-अकाउन्ट बन्द गरिने बताउँदै यसलाई फ्री-स्पिचको एक मञ्च बनाउने उल्लेख गरेका थिए।
Shares

प्रतिक्रिया