ग्लोबल


यो हो विश्वकै लामो रेल

यो हो विश्वकै लामो रेल

नेपालखबर
कात्तिक १४, २०७९ सोमबार ९:४८, काठमाडौँ

स्वीट्जरल्याण्डले विश्वकै लामो यात्रुवाहक रेलको कीर्तिमान राखेको छ। शनिबार स्वीट्जरल्याण्डले यो कीर्तिमान राखेको हो।

स्वीट्जरल्याण्डको उक्त यात्रुवाहक रेलमा एक सय डिब्बा थिए, जुम एल्प्सको पहाडमा चलेको थियो। यो रेलको लम्बाइ करिब दुई किलोमिटरको छ।

रेटियन रेल्वे (आरएचबी) ले स्वीट्जरल्याण्डको प्रसिद्ध रेलवे प्रणालीको १७५ औं वार्षिक अवसरमा विश्वको सबैभन्दा लामो यात्रुवाहक रेलको रेकर्ड तोडेको घोषणा गरेको हो। यो रेल फरक फरक मल्टि युनिट ट्रेन वा डिब्बा जोडेर बनाइएको थियो।

मालवाहक रेल भने यो भन्दा पनि लामो छन्। सन् १९९० को दशकमा अनौपचारिक रुपमा सबैभन्दा लामो यात्रुवाहक रेलको रेकर्ड बेल्जियमको नाममा थियो। सोही रेकर्डलाई अहिले स्वीट्जरल्याण्डले तोडेको हो। 

शनिबार यो रेलले लामो सर्पाकार अल्बुला/बर्निना मार्गमा यात्रा गरेको थियो। जसलाई युनेस्कोले आफ्नो विश्व सम्पदा सूचीमा राखेको छ।

यो रेलमा १५० यात्रु सवार थिए। यो रेलको अगाडि अल्पाइन क्रुज लेखिएको थियो। यो रेलले २५ किलोमिटरको यात्रा तय गरेको थियो। करिब तीन हजार मानिसले यो यात्रालाई ठूलो स्क्रिनबाट हेरेका थिए। 

यो यात्राको क्रममा रेलले २२ ओटा पहाडी सुरुङ र ४८ पुल पार गरेको थियो। जसमा ६५ मिटर अग्लो पुल पनि सामेल थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad