ग्लोबल


विश्वकप तयारीका क्रममा मारिएका आप्रवासी कामदारलाई क्षतिपूर्ति दिन कतारको असहमति

विश्वकप तयारीका क्रममा मारिएका आप्रवासी कामदारलाई क्षतिपूर्ति दिन कतारको असहमति

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार ७:३९, काठमाडौँ

कतारले विश्वकप तयारीका क्रममा मारिएका वा घाइते भएका आप्रवासी कामदारका लागि क्षतिपूर्ति कोषको मागलाई अस्वीकार गरेको छ।

कतारका श्रममन्त्री अली बिन समिख अल मारीले एएफपीसँग कुरा गर्दै कतारले लाखौं डलर भुक्तानी नगरेको तलब दिइसकेको बताएका छन्।  साथै उनले खाडी राष्ट्रका आलोचकमाथि ‘जातिवाद’ को आरोप लगाएका छन्। 

मारीले कतारसँग कामदारको मृत्यु र घाइतेको उपचारका लागि कोष रहेको बताए।  

“फिफाको नेतृत्वमा क्षतिपूर्ति अभियानको यो आह्वान पब्लिसिटी स्टन्ट हो,” उनले एक विशेष अन्तर्वार्तामा भने, “हाम्रो ढोका खुला छ। हामीले धेरै मुद्दाको निरुपण र समाधान गरेका छौं।”

एम्नेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाचले फिफा र कतारलाई ४४ करोड अमेरिकी डलर बराबरको कामदारका लागि कोष बनाउन माग गरेका छन्।

मानव अधिकारवादी समूहले कतारले मृत्युको रिपोर्टिङ कम गरेको आरोप लगाएका छन्। कतार सरकारले निर्माणस्थलमा भएका दुर्घटना वा गर्मीका कारण हुने रोगका कारण हजारौँको मृत्यु भएको भन्ने समाचारप्रति कडा आपत्ति जनाएको छ।

फिफाले कोषको बारेमा ‘निरन्तर संवाद’ भइरहेको बताएको छ, तर सरकारको पहिलो सार्वजनिक टिप्पणीमा, मारीले भने, “यो प्रस्ताव अव्यावहारिक थियो।”

यस पहिले गत आइतबार मारीले हरेक मृत्यु एक प्रकारले दुःखद् भए पनि यी कोषहरू स्थापना गर्ने कुनै मापदण्ड नभएको उाले बताए।

उनले प्रतिप्रश्न गर्दै भने, “पीडित कहाँ छन्, पीडितको नाम छ, यो नम्बर कसरी प्राप्त गर्न सकिन्छ?” केही अन्तर्राष्ट्रिय ट्रेड युनियनका नेताहरूले पनि नयाँ कोष स्थापना र व्यवस्थापन गर्न निकै जटिल हुने बताएका छन्। 

कतारले सन् २०१८ मा श्रमिक सहायता तथा बिमा कोषको स्थापना गरेको थियो, जसले तलब नपाएका कामदारलाई सहयोग गरेको थियो।

उनले भने, “क्षतिपूर्ति नपाएको व्यक्ति छ भने उनीहरू अगाडि आउनुपर्छ र हामी उनीहरूलाई सहयोग गर्नेछौँ। कतार एक दशकभन्दा अघिका मुद्दा हेर्न तयार छ।” रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad