इरानको अदालतले नोभेम्बरको सुरुमा बसिज स्वयंसेवी बलका एक सदस्यको हत्या गरेको मुद्दामा १६ जनालाई दोषी ठहर गरेको छ।
तीमध्ये पाँचलाई प्रारम्भिक मृत्युदण्डको सजाय सुनाएको अर्ध सरकारी समाचार समिति तस्निमलजे मङ्गलबार जनाएको छ।
पत्रकार सम्मेलनमा घोषणा गर्दै इरानी न्यायपालिकाका प्रवक्ता मसुद सेतायेशीले तीन नाबालिकासहित एघार जना दोषीहरूलाई जेल सजाय सुनाइएको छ।
अल्बोर्ज प्रान्तको इस्लामिक क्रान्तिकारी अदालत र फौजदारी अदालतले सोमबार क्रमशः वयस्क र नाबालिग पक्राउ परेकाहरूलाई अपराधका लागि मुद्दा चलाएर फैसला सुनाएको सेतायेशीले जानकारी दिएका छन्।
निर्णयहरू अझै अन्तिम नभएका र यस कारण दोषीहरूले पुनरावेदन खोज्न सक्ने उनले बताएका छन्। रासस/सिन्ह्वा
मंसिर २१, २०७९, बुधबार
57
Shares
प्रतिक्रिया