ग्लोबल


बम विस्फोटको धम्कीपछि जापानमा १३६ यात्रु सवार विमान आकस्मिक अवतरण

बम विस्फोटको धम्कीपछि जापानमा १३६ यात्रु सवार विमान आकस्मिक अवतरण

नेपालखबर
पुस २३, २०७९ शनिबार १४:५२, काठमाडौँ

बमको धम्की आएपछि जापानमा एक विमान आकस्मिक अवतरण गरिएको छ। जेटस्टार एयरवेजको विमान शनिबार बिहान त्यसरी अवतरण गरिएको हो।

बिहान ६ः२० बजे टोकियोस्थित नारिता विमानस्थलमा जर्मनीबाट एक व्यक्तिले फोन गरेर सो विमानमा आफूले बम राखेको दाबी गरेका थिए। सो विमान त्यतिबेला नारिताबाट फुकुओका जाँदै थियो।

त्यसपछि विमानलाई चुबु विमानस्थलतिर लगिएको थियो। अवतरणपछि १३६ यात्रु र ६ चालकदलका सदस्यलाई बाहिर निकालिएको थियो।

विमानबाट बाहिर निस्किने क्रममा भागदौड हुँदा पाँच व्यक्ति घाइते भएका छन्।

बमको धम्की दिने व्यक्तिले आफूले एक सय किलो विस्फोटक पदार्थ विमानको कार्गो होल्डमा राखेको बताएका थिए। उनले म्यानेजरसँग आफ्नो कुरा गराउन माग गरेका थिए, अन्यथा बम पड्काइदिने धम्की दिएका थिए।

तर, विमानमा बम भने फेला परेन। 

जसका कारण चुबु विमानस्थलको उडान चार घण्टा रोकिएको थियो। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .