ad ad

ग्लोबल


दुई हेलिकप्टर जुध्दा ९ अमेरिकी सैनिकको मृत्यु

दुई हेलिकप्टर जुध्दा ९ अमेरिकी सैनिकको मृत्यु

फाइल फाेटाे


नेपालखबर
चैत १६, २०७९ बिहिबार २१:३४, वासिङ्टन,

अमेरिकी सेनाको हेलिकप्टर अमेरिकाको मध्यपूर्वी राज्य केन्टकीमा एक प्रशिक्षण अभियानका क्रममा दुर्घटनाग्रस्त हुँदा नौ सैनिकको मृत्यु भएको सेनाले पुष्टि गरेको छ। 

अमेरिकी सैन्य विभागका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल एन्थोनी होफ्लरले बुधबार राति भएको ब्ल्याकहक हेलिकोप्टर दुर्घटनामा नौ जना सैनिकको मृत्यु भएको पुष्टि गरेका हुन्।

अमेरिकी सेनाका दुईवटा हेलिकप्टर केन्टकीमा दुर्घटनाग्रस्त भएका हुन्। नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकप्टर बुधबार राति एकआपसमा ठोक्किएका अमेरिकी सेनाको फोर्ट क्याम्पबेलले जनाएको छ। 

घटनालगत्तै प्रहरी र आपत्‌लीन सेवाका अधिकारीहरू दुर्घटनास्थल पुगेका केन्टकीका गभर्नर एन्डी वेशियरले बताएका छन्।रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .