सातौं संस्करणको विराट गोल्डकपको उपाधि घरेलु टिम विराटनगर सिटीले जितेको छ। विराटनगरको सहिद मैदानमा रात्रीकालिन गोल्डकपमा आज साँझ भएको फाइनल खेलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४-० ले हराउँदै घरेलु टोली टिम विराटनगर सिटी (बीसीएफ) ६१ वर्षपछि उपाधि उचालेको हो।
२०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलाकाता विजेता बनेको थियो। २०१९ सालमा आयोजक मोरङ ११ ले उपाधि जित्दा कोलकाता उपविजेता भएको थियो।
६१ वर्षपछि घरेलु भूमिमा विराटनगरले पाहुना टोलीलाई निराश बनाउँदै सातौं संस्करणको विराट गोल्डकप उपाधि जित्न ६ दशक कुनुपर्यो।
विराटनगर सिटीले उपाधिसँगै नगद २० लाख १५ हजार रुपैयाँ हात पारेको छ। उपबिजेता केरलाले १० लाख १५ हजारमा चित्त बुझायो।
७८ औं मिनेटमा बिमल घर्तिमगरले पेनाल्टी एरियाबाट गोल गरी दोब्बर बनाए। सुजिकीले निकालेको क्रस पासलाई बिमलले गोलमा परिणत गरेका थिए । खेलको ८९ औं मिनेटमा मेसुकेले गोल गरी तेब्बरको अग्रता बनाए। इन्जुरी समयमा विराटनगर सिटीका अभिषेक गुरुङले गोल गरी टिमको जित सुनिश्चत गरेका थिए।
खेलको २१ औं मिनेटमा विराटनगरका मेसुकेले पेनाल्टी एरियाबाट गरेको प्रहार बाहिर फाल्दा थप गोल गर्ने अवसर खेर फाले। पहिलो हापमा केरला एक गोलले पछि परेपछि दबावमा परेको थियो। पहिलो हाफमा पाएको सुन्दर गोल गर्ने अवसर खेर फाल्दा केरलाले बराबरीमा ल्याउने अवसर खेर गयो।
खेलको ७४ औं मिनेटमा विराटनगरले पनाल्टी पाएको थियो। केरलाको टिमको डिबक्स भित्र हेन्ड भएपछि विराटनगरले पेनाल्टी पाएको थियो। पेनाल्टी सुटआउटमा स्टेफेनल गरेको प्रहार केरेलाको गोलकिपर सनफिरले उत्कृष्ट बचाए। त्यसलगतै स्टेफेनले डिबक्स भित्रबाट गरेको प्रहार पोस्ट बाहिर गएको थियो।
प्रतिक्रिया