विश्वको सबैभन्दा प्रसिद्ध जहाज टाइटानिक पानीजहाजको भग्नावशेषतर्फ गइरहेको पर्यटकीय पनडुब्बीमा १० घण्टाभन्दा कम समय पुग्ने अक्सिजन बाँकी रहेको बताइएको छ।
गत आइतबारदेखि हराएको पनडुब्बी र त्यसमा सवार मानिसको अवस्थाबारे ५ दिन बितिसक्दा केही थाहा हुन सकेको छैन।
पनडुब्बीको खोजीमा अन्तर्राष्ट्रिय उद्धार अभियान चलिरहेको छ। त्यहाँ उपलब्ध अक्सिजन पनि सकिँदै जान थालेपछि उद्धार झनै चुनौती बन्दै गएको छ।
क्यानडाको मेमोरियल युनिभर्सिटीका हाइपरबारिक मेडिसिनका विशेषज्ञ डाक्टर केन लेडेजले अक्सिजन कम हुनुभन्दा घातक त्यहाँको बिजुली जानु भएको बताएका छन्। पनडुब्बीको बिजुली जानसक्ने खतराको अनुमान गरिएको छ।
मानिन्छ कि त्यहाँ उपलब्ध बिजुलीको मद्दतबाट प्रविधिमार्फत् अक्सिजन र कार्वनडाइअक्साइडको मात्रा नियन्त्रण गरिन्छ। तर बिजुली गएमा अक्सिजनको मात्रा कम हुने र मानिसले छाड्ने कार्वनडाइअक्साइडको मात्रा बढी खतरा बढ्नसक्ने अनुमान गरिएको छ।
जसले मादकपदार्थ जस्तो नयाँ ग्यास बनी बेहोश हुनसक्ने खतरा बढ्दछ। जसकारण हाइपरक्याप्निया भई त्यहाँ रहेका मानिसको ज्यान पनि जानसक्ने खतरा हुन्छ। साथै अत्यधिक चिसोले पनडुब्बीमा सवार यात्रु हाइपोथर्मियाको शिकार हुने जोखिममा समेत छन्।
पनडुब्बीमा पाकिस्तानी अर्बपति राजकुमार दाउद, उनका छोरा सुलेमान, बेलायती व्यापारी हमिस हार्डिङसहित पाँच जना सवार छन्।
Shares

प्रतिक्रिया