सुडानको ओमडुरमन सहरमा भएको हवाई आक्रमणमा २२ जनाको मृत्यु भएको छ। मारिनेमा महिला र बालबालिका समेत रहेका छन्।
हमालामा थुप्रै मानिस घाइते भएका छन्।
राजधानी खार्तुमनजिकैको उक्त सहरमा शनिबार हवाई हमला भएको हो। हमला आवासीय क्षेत्रमा भएको हो।
गएको अप्रिलयता उत्तरपूर्वी अफ्रिकी मुलुक सुडानमा सेना र अर्धसैनिक समूह आरएसएफबीच भिडन्त चलिरहेको छ। हालसम्म १ हजारभन्दा बढी मानिस मारिएका छन्।
शनिबार भएको हवाई आक्रमणको जिम्मा कसैले लिएको छैन। सेना र आरएसएफले हमलाको दोष एकअर्कालाई लगाइरहेका छन्।
15
Shares

प्रतिक्रिया