ग्लोबल


सोमबार रातभर भारतीय संसद्अगाडि प्रदर्शन

सोमबार रातभर भारतीय संसद्अगाडि प्रदर्शन

नेपालखबर
साउन ९, २०८० मंगलबार ८:५६, काठमाडौँ

विपक्षी गठबन्धन ‘भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन’ले सोमबार रातभर भारतको संसद् भवनअगाडि प्रदर्शन गरेको छ। विपक्षी गठबन्धनका सांसदहरूले संसद् भवनमा रहेको महात्मा गान्धीको शालिक अगाडि जम्मा भएर विरोध प्रदर्शन गरेका थिए।

मणिपुरको जातीय हिंसा र आम आदमी पार्टीका सांसद सञ्जय सिंहलाई गरिएको निलम्बनको विरोधमा सांसदहरूले संसद् भवन अगाडि प्रदर्शन गरेका हुन्।

सोमबार भारतीय संसद्‌मा मणिपुर घटनालाई लिएर सांसदहरूले सरकारको विरोध गरेका थिए। तृणमूल सांसद डेरेक ओुब्रायन र अध्यक्ष जगदीप धनखरलगायतले मणिपुर घटनाबारे प्रधानमन्त्री नरेन्द्र मोदीले संसद्‌मा बयान दिनुपर्ने माग गरिरहेका थिए। त्यही चर्काचर्कीको बीच संसद्‌ले सिंहलाई चालू सत्रका लागि निलम्बन गरेको थियो।

त्यसैको विरोधमा सोमबार राति ११ बजे विपक्षी गठबन्धनका सांसदहरूले संसद भवनमा रहेको महात्मा गान्धीको शालिक अगाडि जम्मा भएर विरोध प्रदर्शन गरेका थिए। यो प्रदर्शन मंगलबार पनि जारी रहने बताइएको छ।

विपक्षी दलहरूले मणिपुर मुद्दामा लामो छलफलका लागि माग गरिरहेका छन्। 

यता सत्तारुढ भारतीय जनता पार्टीले भने प्रतिपक्षी दलहरू बहसबाट भाग्न खोजेको आरोप लगाएको छ। भाजपा नेता सुधांशु त्रिवेदीले विपक्षीले मणिपुर घटनालाई लिएर सरकारलाई प्रहार गरिरहेको आरोप सत्तापक्षका नेताहरूले लगाएका छन्। सोमबारको संसद्‌मा भाजपा नेता सुधांशु त्रिवेदीले विपक्षी नेतालाई अन्य राज्यमा महिलामाथि भएका हिंसामा किन मौन भनेर प्रश्न गरेका थिए।

मणिपुरमा यही जुलाई १९ मा दुई महिलालाई नाङ्गै गाउँ डुलाई यौन दुर्व्यवहार गरिएको भिडिओ सामाजिक सञ्जालमार्फत् प्रसारणमा आएको थियो। तीन महिनादेखि मणिपुरमा जातीय द्वन्द्व जारी छ। साढे २ महिनाअघिको उक्त भिडिओ‌ सार्वजनिक भएपछि भारतमा अल्पसंख्यकमाथि भइरहेको भइरहेको बर्बरतापूर्ण हिंसात्मक गतिविधि विश्वसामु आएको थियो।

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
    ad ad