ग्लोबल


भारतमा बस र कार ठोक्किँदा एकै परिवारका ७ जनाको मृत्यु

भारतमा बस र कार ठोक्किँदा एकै परिवारका ७ जनाको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
साउन २८, २०८० आइतबार १४:५, जयपुर (राजस्थान)

भारतको राजस्थानको बन्थडी गाउँमा शनिबार राति बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको मृत्यु भएको छ। दुर्घटनामा एक बालकसहित दुईजना गम्भीर घाइते भएका छन्। उनीहरू वैवाहिक समारोहमा सहभागी हुन सिकरबाट नागौर जाँदै थिए।

सिकरबाट द्रुत गतिमा आइरहेको कार बन्थडी गाउँको तित्री चोकमा बससँग ठोक्किएको थियो। सात जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने एक नाबालकसहित दुई जनालाई डिडवानाको सरकारी बाङ्गर अस्पतालमा प्राथमिक उपचारपछि जयपुर रिफर गरिएको एक सुरक्षा अधिकारीले बताएका छन्। 

यसअघि शनिबार अपराह्न राजस्थानको जैसलमेरमा सीमा सुरक्षा बल (बीएसएफ) का जवान सवार ट्रक पल्टिँदा एक जवानको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad