साढे दुई वर्षपछि अमेरिकाका पूर्वराष्ट्रपति एवं रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले सोसल मिडिया प्लेटफर्म ट्विटर प्रयोग गरेका छन्।
उनले आफ्नो मगसट अर्थात् जेलले जारी गरेको तस्बिर ट्विट गरेका हुन्।
तस्बिरसँगै उनले आफ्नो वेबसाइटको जानकारी पनि सेयर गरेका छन्, जसमार्फत आफ्नो अभियानका लागि सहयोग संकलन गर्नेछन्।
यसअघि ट्रम्पले ८ जनवरी २०२१ मा ट्विट गरेका थिए र त्यसपछि उनले आज यो प्लेटफर्म प्रयोग गरेका हुन्।
— Donald J. Trump (@realDonaldTrump) August 25, 2023
यसअघि ट्रम्पलाई ट्विटरले प्रतिबन्ध लगाएको थियो। त्यसपछि उनले आफ्नै सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसल सुरु गरे।
तर गत वर्ष ट्विटर (एक्स) को का नयाँ मालिक एलन मस्कले ट्रम्पलाई लगाइएको प्रतिबन्ध हटाए, तर पनि ट्रम्पले यो प्लेटफर्म प्रयोग गरिरहेका थिएनन्।
114
Shares

प्रतिक्रिया