ग्लोबल


आणविक ऊर्जाबाट चल्ने क्रुज मिसाइल बनाएको पुटिनको दाबी

आणविक ऊर्जाबाट चल्ने क्रुज मिसाइल बनाएको पुटिनको दाबी

नेपालखबर
असोज १९, २०८० शुक्रबार २०:२७, काठमाडौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नाे देशले आणविक ऊर्जाबाट चल्ने क्रुज मिसाइलको अन्तिम परीक्षणमा सफलता प्राप्त गरेको दाबी गरेका छन्। 

पुटिनको यो बयान उनका प्रवक्ताले न्युयोर्क टाइम्सको रिपोर्टलाई अस्वीकार गरेपछि आएको हो।

अमेरिकी अखबारले आफ्नो रिपोर्टमा रुसले बुरेभेस्टनिक नामक हतियारको परीक्षण गर्न लागेको दाबी गरेको थियो। 

यो हतियार सुरुमा सन् २०१८ मा घोषणा गरिएको थियो। यसले संसारको जुनसुकै स्थानमा मार हान्न सक्ने बताइएको छ।

यस मिसाइलको बारेमा धेरै जानकारी उपलब्ध छैन। रुस सरकारले पनि यसबारे धेरै कुरा बताएको छैन।

तर हालसम्म प्राप्त जानकारीअनुसार यो मिसाइल परमाणु ऊर्जाबाट सञ्चालन हुन्छ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन

सोची सहरमा भएको बैठकमा राष्ट्रपति पुटिनले गरेको दाबी स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको बीबीसीको समाचारमा उल्लेख छ।

पुटिनले यसलाई कम उचाइमा उड्ने, आणविक हतियार बोक्न सक्ने र लगभग असीमित मारक क्षमता भएको क्षेप्यास्त्र भनेका छन्। जसले जुनसुकै प्रतिरक्षा प्रणाली पार गर्ने पुटिनको भनाइ छ।

यसबाहेक रुसी रक्षा मन्त्रालयले अहिलेसम्म यस सम्बन्धमा कुनै जानकारी दिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad