अफगानिस्तानमा आएको भूकम्पका कारण दुई हजारभन्दा बढी मानिसको ज्यान गएको छ।
भूकम्पका कारण ठूलो क्षति भएपछि अफगानिस्तानका क्रिकेटर राशिद खानले राहत सहयोग घोषणा गरेका छन्।
राशिद खान अहिले विश्वकप खेल्न भारतमा छन्।
राशिद खाले ट्वीट गर्दै विश्वकप क्रिकेटमा आफूले पाउने सबै पारिश्रमिक भूकम्पपीडितलाई दिने घोषणा गरेका हुन्।
उनले चाँडै नै आर्थिक सहयोग जुटाउनका लागि एक अभियान पनि थाल्ने उनले बताएका छन्।
तालिबानका अधिकारीहरुले यस भूकम्पका कारण नौ हजार बढी घाइते भएको बताएका छन्।
भूकम्पका कारण ४६५ भन्दा धेरै घर नष्ट भएका छन्। त्यस्तै १३५ घरमा क्षति पुगेको छ।
90
Shares

प्रतिक्रिया