ग्लोबल


स्विटजरल्यान्डमा संघीय संसदको चुनाव: पपुलिस्टहरूको वर्चस्व, बाम मत घट्यो

स्विटजरल्यान्डमा संघीय संसदको चुनाव: पपुलिस्टहरूको वर्चस्व, बाम मत घट्यो

स्विट्जरल्यान्डको राजधानी बर्नस्थित संघीय संसदको कार्यालय


नेपालखबर
कात्तिक ७, २०८० मंगलबार १२:१३, जेनेभा (स्विट्जरल्यान्ड)

संघीय गणतान्त्रिक व्यवस्था भएको मुलुक स्विटजरल्याण्डमा गएको आइतबार सम्पन्न संघीय संसदको चुनावमा राष्ट्रवादी विचार राख्ने पपुलिस्ट दल स्विस पपुलर पार्टीले सबैभन्दा बढी मत ल्याएर अग्रता हासिल गरेको छ। दुई सय सिट रहेको संसदको तल्लो सदनमा यस पार्टीले ६२ सिट जितेको छ।

चार वर्षअघिको चुनावमा निकै चर्चामा रहेको वामपन्थी रुझान राख्ने ग्रिन पार्टीले भएको सिट पनि गुमाएर जम्मा २३ सिटमा चित्त बुझाउनुपरेको छ । स्विस समाजवादी पार्टीले ४१ सिट, क्रिश्चियन डेमोक्र्याट सेन्टर अलायन्सले २९ सिट, र्‍याडिकल पार्टीले २८ सिटमा विजय हासिल गरेका छन् ।

मार्को सियाजाको अगुवाइमा रहेको पपुलर पार्टी आप्रवासीहरूप्रति कडा नीतिको वकालत गर्छ। स्वास्थ्य समस्या र बदलिँदो मौसमले स्विट्जरल्यान्डमा पारेको असर उनीहरूको चुनावी एजेन्डा थियो।

आप्रवासीहरूप्रति नरम नजर राख्ने ग्रिन पार्टीको संसदमा कमजोर उपस्थिति रहने भएको छ। इजरायल-प्यालेस्टाइन र युक्रेन-रुसको द्वन्द्वका कारण ग्रिन मत पपुलरतिर ढल्किए पनि स्विट्जरल्यान्ड आफैमा तटस्थ मुलुक हो। ४६ सिटको माथिल्लो सदन काउन्सिल अफ स्टेट र तल्लो सदनको संयुक्त अधिवेशन डिसेम्बरमा बसेर नयाँ सरकार गठन हुनेछ।

स्विस परम्पराअनुसार सबैभन्दा बढी मत ल्याउने मुख्य चार दलले मिलिजुली सरकार बनाएर आलोपालो चलाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad