ग्लोबल


हमास ध्वस्त पार्ने लक्ष्यनजिक पुगेको इजरायलको दाबी, खान युनिसमा भीषण युद्ध जारी

हमास ध्वस्त पार्ने लक्ष्यनजिक पुगेको इजरायलको दाबी, खान युनिसमा भीषण युद्ध जारी

नेपालखबर
मंसिर २४, २०८० आइतबार १२:४०, काठमाडौँ

इजरायली सेनाले गाजामा आफ्नो सैन्य कारबाही हमासलाई ध्वस्त पार्ने लक्ष्यको नजिक पुगेको दाबी गरेको छ।

गाजामा इजरायली सेना र हमासबीच दुई महिनादेखि युद्ध चलिरहेको छ। जसमा परी हालसम्म १८ हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् भने ४५ हजारभन्दा बढी घाइते भएका छन्।

इजरायलका सेना प्रमुख जनरल हर्जी हेलेवीले सैनिकहरूलाई सम्बोधन गर्दै हमास विघटन हुँदै गएको संकेत देखिएको दाबी गरेका छन्। 
उनले सैन्य कारबाहीलाई थप तीव्रताका साथ अघि बढाउनुपर्ने बताए।

दक्षिणी गाजाको खान युनिस सहरमा इजरायल र हमासबीच भीषण युद्ध चलिरहेको बीबीसीले उल्लेख गरेको छ। 

बीबीसी संवाददाताका अनुसार इजरायलले खान युनिसको मुख्य इलाकामा बस्ने मानिसहरूलाई सहर खाली गर्न भनेको छ।

खान युनिसमा गएराति भीषण बमबारी भएको थियो। यसैबीच, इजरायली सेना प्रमुखले सैन्य कारबाहीलाई थप तीव्र बनाइने बताएका छन्।

संयुक्त राष्ट्र संघका एक उच्च अधिकारीले गाजाको आधा जनसंख्या भोकमरीको सिकार भएको बताएका छन्।

यसैबीच, इरान समर्थित हुथी विद्रोहीहरूले इजरायलतर्फ जाने कुनै पनि जहाजलाई निशाना बनाउने चेतावनी दिएका छन् र यस क्षेत्रमा द्वन्द्व फैलिने सम्भावना बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .