माल्दिभ्सका राष्ट्रपति मोहमद मुइजुले आफ्नो मुलुकबाट भारतीय सेना हटाउन मार्च १५ सम्मको समय दिएका छन्।
दुई महिनाअघि मुइजुले औपचारिक रुपमा भारतीय सेना हटाउन माग गरेका थिए।
हाल माल्दिभ्समा ८८ जना भारतीय सेना रहेकोब ताइन्छ।
राष्ट्रपति कार्यालयका पब्लिक पोलिसी सेक्रेटरी अब्दुल्ला नाजिम इब्राहिमले मार्च १५ सम्म सेना हटाउने समय दिइएको बताएका छन्।
‘भारतीय सेना माल्दिभ्समा रहन सक्दैन। यो राष्ट्रपति डा. मोहमद मुइजु र यो प्रशासनको नीति हो,’ उनले भनेका छन्।
सेना फिर्ताका लागि माल्दिभ्स र भारतले एक उच्च स्तरीय समूह बनाएका छन्। जसको पहिलो बैठक बसिसकेको छ। एजेन्सी
291
Shares

प्रतिक्रिया