ग्लोबल


कोमोरोसको राष्ट्रपतिमा असुमानी पुनः निर्वाचित

कोमोरोसको राष्ट्रपतिमा असुमानी पुनः निर्वाचित

नेपालखबर
माघ ३, २०८० बुधबार ११:७,

कोमोरोसको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति अजाली असुमानी विजयी भएका छन्।

देशको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार कोमोरोसका वर्तमान राष्ट्रपति अजाली असुमानीले ६० प्रतिशतभन्दा बढी मत प्राप्त गरी राष्ट्रपतिमा विजयी भएका हुन्।

पत्रकार सम्मेलनमा आयोगले असुमानीले ३३ हजार २०९ मत प्राप्त गरी कुल मतको ६२ दशमलव ९७ प्रतिशत र जुवा पार्टीका सलिम इसा अब्दुल्लाले २० दशमलव २६ प्रतिशत मत प्राप्त गरी उपविजेता भएको घोषणा गरेको छ।

निर्वाचनमा १६.३ प्रतिशत मत खसेको थियो। आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै शान्त वातावरणमा आफ्नो जिम्मेवारी पूरा गरेको उल्लेख गरेको छ।

निर्वाचनमा करिब ९ लाख मतदाताले देशभरका ८६८ मतदान केन्द्रबाट आफ्नो मत खसालेका थिए।

कोमोरोसमा १४ जनवरीमा राष्ट्रपतिको निर्वाचन भएको थियो। राष्ट्रपतिमा विजयी असुमानी चौथो कार्यकालका लागि सर्वोच्च पदमा चुनिएका छन्। -एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad