ग्लोबल


स्वेडामा जोर्डनको हवाई आक्रमण : ९ जनाको मृत्यु

स्वेडामा जोर्डनको हवाई आक्रमण : ९ जनाको मृत्यु

नेपालखबर
माघ ५, २०८० शुक्रबार ११:०,

सिरियाको स्वेडामा जोर्डनको हवाई आक्रमणमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ।

जोर्डनका लडाकु विमानले बिहीबार दक्षिणी सिरियाको स्वेइदा प्रान्तको अरमान क्षेत्रमा गरेको आक्रमणमा ९ जनाको मृत्यु भएको जनाइएको छ।

दुई तले घरलाई लक्षित गरी भएको आक्रमणमा श्रीमान्-श्रीमती, उनीहरूका दुई साना छोरीसहित ६ जनाको ज्यान गएको र एक जना वृद्ध महिला वेपत्ता रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ।

सोही स्थानमा भएको अर्को आक्रमणमा एक पुरुष, उनकी आमा र काकीसहित अन्य तीन जनाको ज्यान गएको छ।

जोर्डनले सिरिया-जोर्डन सीमा क्षेत्रमा रहेको स्वीडामा लागूऔषध तस्करहरूलाई लक्षित गरी कारबाही गर्दै आएको बताएको छ। -एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad