पाकिस्तानी नेता नवाज सरिफकी छोरी मरियम नवाज पञ्जाब प्रान्तको मुख्यमन्त्री बनेकी छन्। सो प्रान्तमा मुख्यमन्त्री बन्ने पहिलो महिला हुन् उनी।
उनी सरिफको पाकिस्तान मुस्लिम लिग–नवाज पार्टीकी उपाध्यक्ष पनि हुन्।
पूर्वप्रधानमन्त्री इमरान खान पक्षका सांसदहरुले बैठक छाडेपछि भएको चुनावमा उनी मुख्यमन्त्री निर्वाचित भएकी थिइन्।
१२ करोड जनसंख्या भएको पञ्जाब पाकिस्तानको राजनीतिमा निकै महत्वपूर्ण प्रान्त मानिन्छ।
‘हाम्रो राष्ट्रको इतिहासमा पहिलो पटक एक महिला पञ्जाबको मुख्यमन्त्री बन्दै हुनुहुन्छ। मरियम नवाज सरिफ पञ्जाबको मुख्यमन्त्रीको शपथ लिने पहिलो महिला बन्नुहुनेछ,’ सो पार्टीले एक्समा लेखेको छ।
270
Shares
प्रतिक्रिया