बेलायती युवराज्ञी क्याथरिन मिडलटनले आफूले क्यान्सरको उपचार गराइरहेको बताएकी छन्। दुई महिनादेखि सार्वजनिक रुपमा नदेखिएको उनको बारेमा अनेक अड्कलबाजी गरिँदै आएको थियो।
हल्लाहरुलाई साम्य पार्न एक भिडिओ सन्देश सार्वजनिक गर्दै उनले आफूलाई क्यान्सर लागेको खुलासा गरेकी हुन्।
उनलाई कस्तो क्यान्सर लागेको हो, खुलाइएको छैन। तर, उनले भनेकी छिन्, ‘म ठिक छु र दिनदिनै बलियो हुँदै गएको छु।’
जनवरीमा उनको पेटको शल्यक्रिया गरिएको थियो। त्यसको परीक्षणपछि क्यान्सर पुष्टि भएको र चिकित्सकले रोकथामका लागि केमोथेरापी गर्न सल्लाह दिएको उनको भनाइ छ।
अहिले आफू उपचारको सुरुवाती चरणमा रहेको उनले बताएकी छन्।
केही दिनअघि उनले सार्वजनिक गरेको तस्बिर एडिट गरिएको भन्दै विवादमा परेको थियो। अस्पतालबाट उनको कागजपत्र चोर्ने प्रयास भएका समाचार पनि आएका थिए।
— The Prince and Princess of Wales (@KensingtonRoyal) March 22, 2024A message from Catherine, The Princess of Wales pic.twitter.com/5LQT1qGarK
राजपरिवारका सदस्यहरुले उनको हिम्मतको प्रशंसा गर्दै स्वास्थ्यलाभको कामना गरेका छन्। एजेन्सी
Shares

प्रतिक्रिया