ग्लोबल


चीनका लागि जासुसी गरेको आरोपमा जर्मनीमा ३ र बेलायतमा २ जना पक्राउ परे

चीनका लागि जासुसी गरेको आरोपमा जर्मनीमा ३ र बेलायतमा २ जना पक्राउ परे

नेपालखबर
बैशाख ११, २०८१ मंगलबार ७:३३, काठमाडौँ

बेलायतमा दुई जनालाई चीनका लागि जासुसी गरेको आरोपमा अभियोग लगाइएको छ भने जर्मनीमा तीन जना संदिग्धलाई पक्राउ गरिएको छ। 

बेलायतको संसद्‌मा एक अनुसन्धानकर्ता र अर्का एक व्यक्तिविरुद्ध चीनका लागि जासुसी गरेको आरोप छ। 

अनुसन्धानकर्ता २९ वर्षीय क्रिस्टोफर क्यास र ३२ वर्षीय क्रिस्टोफर ब्यारीलाई अफिसियल सेक्रेट एक्टअन्तर्गत मुद्दा दायर गरिएको छ।

बेलायतको चरमपन्थीविरोधी प्रहरीले यी आरोप निकै गम्भीर प्रकृतिका रहेको बताएको छ।

यी दुवै जना गत मार्चमा अनुसन्धानका क्रममा पक्राउ परेका थिए।

बीबीसीका अनुसार क्रिस्टोफर क्यास संसदमा अनुसन्धानकर्ता थिए र उनीसँग धेरै कन्जरभेटिभ सांसदसँग सम्बन्धित गोप्य सूचना थिए।

यस्तै जर्मन प्रहरीले चीनका लागि जासुसी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जनाएको छ।

मुख्य संदिग्ध थोमस आरलाई चीनको आन्तरिक सुरक्षा मन्त्रालयमा काम गरेको आरोप लगाइएको छ।

अभियोजकहरूका अनुसार थोमसले एक फ्रन्ट कम्पनी चलाउँदै थिए जुन जर्मन अनुसन्धान संस्थाहरूसँग मिलेर काम गरिरहेको थियो।

उनले संवेदनशील सूचना संकलन गरेको आरोप छ। यसमा युद्ध जहाजमा प्रयोग गर्न सकिने इन्जिनको डिजाइन पनि समावेश छ। थोमसले यो जानकारी चीनलाई दिएको आरोप छ। 

जर्मन अभियोजकहरूले थोमस र उनका सहयोगीहरूले सेनाले प्रयोग गर्न सक्ने जानकारी सङ्कलन गरेको आरोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .