ad ad

ग्लोबल


बेइजिङमा पुटिनको भव्य स्वागत, रणनीतिक साझेदारी अझ सुदृढ गर्ने वाचा

सी र पुटिनले एकै स्वरमा भने : युक्रेन युद्धको राजनीतिक समाधान हुनुपर्छ
बेइजिङमा पुटिनको भव्य स्वागत, रणनीतिक साझेदारी अझ सुदृढ गर्ने वाचा

नेपालखबर
जेठ ३, २०८१ बिहिबार १५:२५,

चीन र रुसका नेताहरुले दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ गर्ने प्रतिबद्धता जनाएका छन्। 

चिनियाँ राष्ट्रपति सी चिनफिङले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको द्विपक्षीय वार्तापछि बेइजिङमा दुई देशबीचको सम्बन्ध बदलिँदो अन्तराष्ट्रिय परिवेशमा पनि उसैगरी कायम रहेको र त्यसलाई थप बलियो बनाइने बताए।

द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुवै नेताले आपसी सम्बन्धको प्रशंसा गरे।

पाँचौँ कार्यकाल सुरु गरेलगत्तै पुटिन पहिलो विदेश भ्रमणमा चीन पुगेका हुन्। स्वाभाविक रुपमा बेइजिङ आफ्नो पहिलो गन्तव्य भएको पुटिनले बताए। उनलाई बेइजिङमा भव्य स्वागत गरिएको थियो।

पत्रकार सम्मेलनमा सीले गाजा युद्ध तत्काल समाधान हुनुपर्ने बताए। 

‘इजरायल–गाजा युद्धमा नयाँ सुरक्षा ढाँचा स्थापना गरिनुपर्छ,’ उनले भने।

पुटिनले दुवै मुलुकले युक्रेन युद्धको राजनीतिक समाधान चाहेको बताए। युद्धबारे सीलाई साँझको अनौपचारिक वार्तामा थप जानकारी गराउने पुटिनको भनाइ छ।

दुई मुलुकबीच व्यापार बढ्दो छ। यो भ्रमणमा पनि अनेकौँ सम्झौताहरुमा हस्ताक्षर हुँदैछ।

२०२२ मा युक्रेन युद्ध सुरु भएयता सी र पुटिनको यो चौथो भेट हो। पुटिन शुक्रबार चीनको उत्तरपूर्वी सहर हार्बिन जाँदैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .