ग्लोबल


अमेरिकी हतियारले रुसमा आक्रमण गर्न बाइडेनले दिए अनुमति

अमेरिकी हतियारले रुसमा आक्रमण गर्न बाइडेनले दिए अनुमति

अमेरिकाका राष्ट्रपति जो बाइडेन


रासस/एएनआई
जेठ १८, २०८१ शुक्रबार १३:३, वासिङ्टन डीसी

लामो समयको नीति परिवर्तन गर्दै अमेरिकाका राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकी हतियार प्रयोग गरेर रुसी भूभागभित्र लक्षित आक्रमण गर्न अधिकार दिएका छन्। 

रुसी सेनाले रुसी सीमानजिक उत्तरपूर्वी युक्रेनको खार्किभ सहर आक्रमण बढाएपछि बढ्दो तनावका बीच यो निर्णय लिएको दुई अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन्। युक्रेनलाई रुसी सेना वा खार्किभ नजिकैको हमलाविरुद्ध संयुक्त राज्य अमेरिकाले आपूर्ति गरेको हतियार प्रयोग गर्न अनुमति दिइएको उनले बताए।

‘राष्ट्रपतिले भर्खरै आफ्नो टोलीलाई युक्रेनले खार्किभमा रुसी सेनाहरूमाथि प्रतिआक्रमणका लागि अमेरिकाले आपूर्ति गरेको हतियारहरू प्रयोग गर्न सक्षम छ भनेर सुनिश्चित गर्न निर्देशन दिनुभएको छ,’ एक अमेरिकी अधिकारीले भने। 

यो नीति अनुमति दिइएको क्षेत्र खार्किभमा कडाइका साथ सीमित रहेको अधिकारीले बताए। युक्रेनी अधिकारीहरूले यस क्षेत्रभन्दा बाहिर आक्रमणका लागि अमेरिकी हतियार प्रयोगको अनुमति मागेका छैनन्। 

हालैका हप्तामा बढिरहेको रुसी सेनाको प्रतिक्रियामा किएभले यो नीति परिवर्तनका लागि अनुरोध गरेको अधिकारीले पुष्टि गरेका छन्। युक्रेनी सेनाहरूलाई अब खार्किभबाट सीमापार रूसी सैन्य प्रतिष्ठानण्, गोला बारुद भण्डारण क्षेत्र र रसद केन्द्रलाई लक्ष्य गर्ने अधिकार दिइएको छ।

नीतिमा आएको परिवर्तनप्रति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र जर्मन चान्सलर ओलाफ स्कोल्जलगायत युरोपेली नेताहरूले समर्थन जनाएका छन्। म्याक्रोँले युक्रेनी क्षेत्रमा खतरा उत्पन्न गर्ने रुसभित्रका सैन्य स्थलहरूलाई युक्रेनले निष्क्रिय पार्नुपर्ने आवश्यकतामा जोड दिए। 

‘हामीलाई लाग्छ- युक्रेनमा आक्रमण गर्ने रुसी सैन्य स्थलहरूलाई निष्क्रिय पार्ने अनुमति दिनुपर्छ,’ म्याक्रोँले भने।

चान्सलर स्कोल्जले म्याक्रोँको भावनालाई प्रतिध्वनित गर्दै युक्रेनलाई अन्तर्राष्ट्रिय कानुनअनुसार र हतियार आपूर्ति गर्ने देशहरूले तय गरेको मापदण्डभित्र रही आफ्नो रक्षा गर्ने अधिकार रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad