ग्लोबल


चुनाव आउन ५ दिन बाँकी छँदा सर्वेक्षणमा ह्यारिस अगाडि, ‘स्विङ स्टेट्स’मा ट्रम्पको दबदबा

चुनाव आउन ५ दिन बाँकी छँदा सर्वेक्षणमा ह्यारिस अगाडि, ‘स्विङ स्टेट्स’मा ट्रम्पको दबदबा

नेपालखबर
कात्तिक १५, २०८१ बिहिबार १८:२१,

अमेरिकामा चुनाव आउन मात्र पाँच दिन बाँकी छ। कमला ह्यारिस र डोनाल्ड ट्रम्प दुवैले ‘स्विङ स्टेट’हरूमा जोड दिइरहेका छन्।

कसलाई मत दिने भनेर निर्णय गरिनसकेका मतदातालाई आकर्षित गर्न उनीहरूबीच प्रतिस्पर्धा चलिरहेको छ।

बुधबार ह्यारिसले पेन्सिलभेनिया, विस्कन्सिन र नर्थ क्यारोलाइनामा र्‍याली गरिन्।

तीनवटै र्‍यालीमा प्यालेस्टाइन पक्षधर विरोध प्रदर्शनको सामना उनले गर्नुपर्‍यो।

यहीबेला राष्ट्रपति जो बाइडेनको एउटा टिप्पणीले राजनीतिक वृत्तमा चर्चा पैदा गरेको छ। बाइडेनले ट्रम्पका समर्थकलाई ‘फोहोर’को संज्ञा दिएका छन्।

त्यसलाई ट्रम्पले आफ्नो फाइदामा उपयोग गर्न खोजे। उनी फोहोर संकलकको कपडा लगाएर फोहोर टिप्ने ट्रकमा सवार भए।

ह्यारिसले भने अमेरिकीहरूलाई एकअर्कालाई दोषारोपण नगर्न आह्वान गरिन्। 

अहिलेसम्म ५ करोड अमेरिकीले अग्रिम मतदान गरिसकेका छन्। 

पछिल्लो सर्वेक्षणमा झिनो मतान्तरले ह्यारिस अगाडि देखिएकी छन्।

दि इकोनोमिस्ट/युगभको सर्वेक्षणअनुसार ४४ प्रतिशत मतदाताले ह्यारिसलाई समर्थन गर्दा ४३ प्रतिशत ट्रम्पका पक्षमा देखिएका छन्।

फाइभथर्टीआइजका अनुसार बुधबारसम्ममा देशव्यापी रूपमा ट्रम्पभन्दा ह्यारिस १.४ अंकले अगाडि छिन्।

स्विङ स्टेटहरूमा प्रतिस्पर्धा अझ कडा छ। मिसिगन र नेभाडामा ह्यारिस अगाडि छिन्। तर, पेन्सलभेनिया र नर्थ क्यारोलाइनामा ट्रम्प अगाडि छन्।

जर्जिया र एरिजोनामा ट्रम्पको अग्रता अझ फराकिलो छ।

चुनाव आउन केही दिन मात्र बाँकी छँदा ह्यारिसले लस भेगास, नेभाडा र एरिजोनामा कार्यक्रम गर्दैछिन्। उनलाई जेनिफर लोपेजलगायत कलाकारले साथ दिनेछन्।

ट्रम्प भने नेभाडा, न्यु मेक्सिको र एरिजोना पुग्नेछन्। 

नेभाडा र एरिजोना ७ मध्ये २ स्विङ स्टेट हुन्। जसले निर्वाचन परिणाम निर्धारण गर्नेछन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad