ग्लोबल


विद्रोहीको कब्जापछि सिरियाका विपक्षी नेताले भने- राजधानी दमास्कस सुरक्षित छ

विद्रोहीको कब्जापछि सिरियाका विपक्षी नेताले भने- राजधानी दमास्कस सुरक्षित छ

विपक्षी नेता हादी अल बहरा


नेपालखबर
मंसिर २३, २०८१ आइतबार ११:५१, काठमाडौँ

इस्लामिक विद्रोही समूह हयात तहरिर अल शामले राजधानी दमास्कस प्रवेश गरी सिरियालाई स्वतन्त्र घोषणा गरेको छ।

उसले सिरियाली राष्ट्रपति बसर अल असदले देश छोडेको दाबी पनि गरेको छ। 

यसैबीच विपक्षी नेता हादी अल बहराले दमास्कस सुरक्षित रहेको बताएका छन्।

बहराले अरबी समाचार च्यानल अल-अरेबियासँग असदको सरकार पतन भएको र सिरियाको इतिहासको कालो युग अन्त्य भएको दाबी गरेका छन्। 

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, "हाम्रा सबै सम्प्रदाय र धर्मका मानिसहरू, जबसम्म तपाईं अरू कुनै नागरिकविरुद्ध हतियार उठाउनुहुन्न, जबसम्म तपाईं आफ्नो घरमा बस्नुहुन्छ, तबसम्म तपाईं सुरक्षित रहनुहुन्छ।"

उनले अगाडि लेखेका छन्, "न बदला लिनेजस्ता कुनै कारबाही हुनेछ न मानवअधिकार हनन हुनेछ। जनताको मर्यादाको सम्मान र रक्षा गरिनेछ।"

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad