सिरियामा पदच्यूत भएका राष्ट्रपति बसर अल असद र उनको परिवार अहिले रुसमा छ। उनीहरुलाई रुसले शरण दिएको छ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोवले आफ्नो दैनिक पत्रकार सम्मेलनमा राष्ट्रपति भ्लादिमिर पुटिन आफैँले असदलाई शरण दिने निर्णय गरेको बताए।
तर, उनले असद अहिले कहाँ छन् भन्ने कुरा खुलाएनन्।
पेस्कोवले पुटिन र असदको अन्तिमपटक भेट कहिले भएको थियो भन्ने पनि बताएनन्।
तर, सिरियामा जो सत्तामा आए पनि उसँग सम्पर्क राख्न रुस तयार भएको उनको भनाइ थियो। एजेन्सी
222
Shares

प्रतिक्रिया