१७९ जनाको ज्यान जानेगरी मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान दुर्घटना भएपछि दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ मोकले देशका सबै एयरलाइन्स सञ्चालनको आपत्कालीन सुरक्षा निरीक्षण गर्न आदेश दिएका छन्।
यसैबीच नागरिक उड्डयन उपमन्त्री जु जोङ–वानले देशका छवटा वायुसेवा कम्पनीले सञ्चालन गरेका यस मोडलका १०१ वटा जहाजको राम्रोसँग निरीक्षण गरिने बताएका छन्।
आइतबार बैंककबाट १८१ जना लिएर आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेबित्तिकै दुर्घटना भई आगलागी हुँदा १७९ जनाको मृत्यु भएको थियो।
चालक दलका २ सदस्य भने बाँच्न सफल भएका छन्। हाल उनीहरूको उपचार जारी छ।
339
Shares

प्रतिक्रिया