ग्लोबल


युक्रेनले ‘अहिलेसम्मकै ठूलो आक्रमण’ गरेपछि जवाफ दिने रुसको चेतावनी

युक्रेनले ‘अहिलेसम्मकै ठूलो आक्रमण’ गरेपछि जवाफ दिने रुसको चेतावनी

नेपालखबर
माघ २, २०८१ बुधबार ११:५२, काठमाडौँ

युक्रेनले रुसमा जारी युद्धयताकै "सबैभन्दा ठूलो" आक्रमण गरेको दाबी गरेको छ।

युक्रेनी सशस्त्र बलका अनुसार धेरै क्षेत्रमा गोलाबारुद डिपो र रासायनिक प्लान्टलाई निशाना बनाइएको थियो।

युक्रेनको गुप्तचर निकायले यो आक्रमण रुसी क्षमताविरुद्ध ‘पीडादायी प्रहार’ भएको बताएको बीबीसीले उल्लेख गरेको छ।

तर रुसले युक्रेनले प्रहार गरेका एटीएसीएमएस मिसाइल र स्ट्रोम स्याडो क्रुज खसालिएको दाबी गरेको छ।

यसैबीच रुसले यो आक्रमणको जवाफ दिने बताएको छ।

युक्रेन आक्रमणका कारण दक्षिणपश्चिमी रुसी सहर साराटोभमा विद्यालय बन्द गरिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad