ग्लोबल


इजिप्ट र कतारको जोडबलपछि बन्धक रिहाइलाई निरन्तरता दिने हमासको प्रतिबद्धता

इजिप्ट र कतारको जोडबलपछि बन्धक रिहाइलाई निरन्तरता दिने हमासको प्रतिबद्धता

नेपालखबर
फागुन १, २०८१ बिहिबार १९:४९,

हमासले युद्धविराम सम्झौता अनुसार नै बन्धक रिहाइलाई निरन्तरता दिने बताएको छ। यससँगै युद्धविराम भाँडिने त्रास केही कम भएको छ।

मध्यस्थकर्ताहरू इजिप्ट र कतारको प्रयासपछि बन्धक नछाड्ने अडानबाट हमास पछि हटेको हो। इजरायलले युद्धविराम उल्लंघन गरेको भन्दै हमासले बन्धक नछाड्ने बताएको थियो। त्यसपछि अमेरिका र इजरायलले युद्धको धम्कीका साथै तयारी पनि थालेका थिए।

अहिले इजिप्ट र कतारले बाधा हटाउने वाचा गरेको हमासको भनाइ छ।

इजरायलले भने यसप्रति कुनै प्रतिक्रिया दिइसकेको छैन। तर, इजिप्ट र कतारका मध्यस्थकर्ताहरूले दुई पक्षीबीचको असमझदारी हल गरिएको बताएका छन्।

बधुबार इजिप्टका अधिकारीहरूले दुई मध्यस्थकर्ता मुलुकले युद्धविराम भंग हुन नदिन जोड लगाइरहेको बताएका थिए। 

बिहीबार हमासले युद्धविरामका सबै सर्त पूरा हुनुपर्ने बताएको छ। खण्डहरमा परिणत गाजामा पाल, निर्माण सामग्री, औषधि र इन्धन आपूर्ति हुनुपर्ने उसको भनाइ छ।

‘वार्ता सकारात्मक छ र मध्यस्थकर्ताहरूले बाधा हटाउने सहमति गरेका छन्। सोहीअनुसार हमास बन्दी छाड्नेसहितका हस्ताक्षरित सम्झौता पालना प्रतिबद्ध छ,’ हमासले भनेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad