ग्लोबल


यान्त्रिक गडबडीका कारण अमेरिकी विदेशमन्त्री सवार विमान अचानक फर्कियो

यान्त्रिक गडबडीका कारण अमेरिकी विदेशमन्त्री सवार विमान अचानक फर्कियो

नेपालखबर
फागुन २, २०८१ शुक्रबार १४:५७, काठमाडौँ

यान्त्रिक समस्याका कारण अमेरिकी विदेशमन्त्री मार्को रुबियोको दोस्रो विदेश भ्रमणका लागि उडेको विमान बिहीबार स्वदेश फर्कन बाध्य भएको अमेरिकी विदेश मन्त्रालयले शुक्रबार जनाएको छ।

विदेशमन्त्री रुबियो म्युनिख सुरक्षा सम्मेलनका लागि जर्मनी जाँदै गर्दा उनको विमान अचानक वासिङ्टनबाहिर एन्ड्रयुज एयर फोर्स बेसतर्फ फर्किएको एएफपीका संवाददाताले बताएका छन्। 

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले भने, ‘विदेशमन्त्री रुबियो उडिरहेको विमानमा यान्त्रिक समस्या देखिएपछि जोइन्ट बेस एन्ड्रयुजमा फर्किएको छ।’

‘विदेशमन्त्रीले जर्मनी र मध्यपूर्वको आफ्नो यात्रालाई छुट्टाछुट्टै विमानमार्फत जारी राख्नुहुनेछ,’ उनले भने।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समकक्षी भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युद्ध अन्त्यका लागि कूटनीति अघि बढाउने बताएपछि रुबियोले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शुक्रबार भेटवार्ता गर्ने तयारी गरेका थिए। 

रुबियोले इजरायल, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) मा गाजा युद्धविरामबारे पनि छलफल गर्नेछन्। 

हमासको आक्रमणका कारण १६ महिना लामो युद्धमा इजरायलले कब्जा जमाएको गाजाका प्यालेस्टिनी बासिन्दालाई देश निकाला गर्ने ट्रम्पको प्रस्तावमा पनि उनले छलफल गर्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad